- दिल प्रतीक्षा
छथर, ३० चैत / प्रदेश नं.१ पुनः नामकरण तेह्रथुमको छथर गाउँपालिका वडा नं. ६ मा वडा स्तरिय संघर्ष समिति गठन गरेको छ ।
विहिबार तेह्रथुमको छथर गाउँपालिका वडा नं.६ सुदापमा दिपेन तुम्खेवाको संयोजकत्वमा २७ सदस्यीय वडा स्तरिय प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति गठन भएको छ ।
प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको सह संयोजकमा कुविन्द्र लिम्बू, सदस्य सचिवमा नर बहादुर आङखेवा र सदस्यहरुमा क्रमशः टेक बहादुर तुम्खेवा, धन बहादुर वि. क., पूर्ण बहादुर तुम्खेवा, चन्द्र मादेन, हिक्मत तुम्खेवा, वुद्विमान आङखेवा, होमराज आङखेवा, खडग प्रसाद तुम्खेवा, भविन्द्र तुम्खेवा, नेत्र आङखेवा, पोरोक्मी तुम्खेवा, दुर्गा आङखेवा, केशरमान मादेन, विमला लिम्बू, सुनिल मादेन, उदय वि. क., कृजिमान आङखेवा, पुष्पलाल आङखेवा, महेन्द्र तुम्खेवा, कमान सिं लिम्बू, सुक बहादुर लिम्बू, खगेन्द्र लिम्बू, रिनेश आङखेवा र कर्ण लिम्बू रहेका छन् । कोसी नाम खारेज नगरे यहि वेसबाट जनआन्दोलन हुँदै जनक्रान्तिसम्म पुग्ने उद्घोष गर्दै समिति गठन गरेको बताए ।