दमक, ३० चैत/ प्रदेश नं.१ पुनः नामकरण संघर्ष समिति दमक १ वडाको मामा चोकमा टोल संघर्ष समिति गठन सम्पन्न भएको छ ।
मंगलबार दमक नगरपालिका वडा नं. १ मा प्रदेश नं. १ पुनः नामकरण दमक वडा नं. १ वडा संघर्ष समिति अध्यक्ष राजकुमार राईको उपस्थितिमा चन्द्रानुमा पतङवाको संयोजकत्वमा ११ सदस्यीय टोल समिति गठन भएको छ ।
समितिको सदस्यहरुमा क्रमशः प्रकाश माखिम,नवराज पाण्डे, कमला राई, नरेन्द्र वनेम, कोपिला राई, नर बहादुर फागो, अमर लिम्बू, बिमला थेबे, सन्दीप योङहाङ र रश्मी लाओती रहेका संघर्ष समिति दमक नगर १ नं. वडा समिति सह संयोजक शान्ता तिगेलाले वताए ।