मुसाहाङ थाक्मिङ्स्रा विमोचन

उर्लावारी/  मुसाहाङ समाजको १८औं स्थापना दिवस तथा मुसाहाङ थाक्मिङ्स्रा (मुसाहाङ बंशावली) विमोचन भएको छ ।

शुक्रबार मोरङ उर्लावारी नगरपालिका वडा नं.३ मंगलबारे स्थित मुसाहाङ समाज (इलाम,झापा,मोरङ,सुनसरी) जिल्ला शाखा कार्यालय परिसरमा संस्थाको १८औं स्थापना दिवस तथा मुसाहाङ थाक्मिङ्स्रा (मुसाहाङ बंशावली) विमोचन कार्यक्रम याक्थुङ चुम्लुङ नेपाल संस्थापक केन्द्रीय अध्यक्ष भक्त बहादुर मुसाहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

१८औं स्थापना दिवसको अवसरमा मुसाहाङ थरसँग सम्बन्धित बंशज पूख्यौली पुस्ताक्रम समेटिएको विशुद्ध लिम्बू भाषा लिपीबाट लिपीवद्ध गरिएको मुसाहाङ समाज केन्द्रीय समितिको प्रकाशनमा डिल्लीश्वर मुसाहाङ अम्याङ्साको लेखन सम्पादनमा १६० पृष्ठको मुसाहाङ थाक्मिङ्स्रा (मुसाहाङ वंशावली) प्रमुख अतिथिद्धारा विमोचन गरेका थिए ।

कार्यक्रममा मुसाहाङ समाज केन्द्रीय सदस्य छविलाल मुसाहाङ, मुसाहाङ समाज (इलाम,झापा,मोरङ,सुनसरी) जिल्ला शाखा पूर्व अध्यक्ष देवेन्द्र मुसाहाङ, वर्तमान अध्यक्ष मंगले मुसाहाङ, सचिव रुपनारायण मुसाहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम मुसाहाङ समाज केन्द्रीय अध्यक्ष विष्णुराज मुसाहाङको अध्यक्षतामा सम्पन्न भएको छ  ।