उर्लावारी, २४ चैत / मुसाहाङ समाज जिल्ला शाखाको १८औं वार्षिक साधारण सभा तथा स्थापना दिवस आज सम्पन्न गरेको छ ।
शुक्रबार मोरङ उर्लावारी नगरपालिका वडा नं. ३ मंगलबारे स्थित मुसाहाङ समाज (इलाम,झापा,मोरङ,सुनसरी) जिल्ला शाखा कार्यालय परिसरमा संस्थाको १८औं वार्षिक साधारण सभा तथा स्थापना दिवस सम्पन्न भएको छ । वार्षिक साधारण सभामा अध्यक्ष तथा कोषाध्यक्षको प्रस्तुत प्रतिवेदन सभाले अनुमोदन गर्दै सम्पन्न गरेको अध्यक्ष मंगले मुसाहाङले वताए ।
कार्यक्रममा मुसाहाङ समाज केन्द्रीय अध्यक्ष विष्णुराज मुसाहाङ, मुसाहाङ समाज केन्द्रीय महासचिव डिल्लीश्वर मुसाहाङ अम्याङसा, याक्थुङ चुम्लुङ नेपाल संस्थापक अध्यक्ष भक्त बहादुर मुसाहाङ (मिराक) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम मुसाहाङ समाज (इलाम,झापा,मोरङ,सुनसरी) जिल्ला शाखा अध्यक्ष मंगले मुसाहाङको अध्यक्षतामा, सचिव रुपनारायण मुसाहाङले संचालन गरेका थिए ।
कार्यक्रममा इलाम झापा मोरङ सुनसरी जिल्लामा बसोवास गर्ने मुसाहाङ दाजुभाई तथा दिदीवहिनीहरुको उपस्थिति रहेको थियो ।