दमक, २३ चैत/ प्रदेश नं. १ पुनः नामकरण संघर्ष समिति दमक १ वडा समिति गठन आज सम्पन्न गरेको छ ।
विहिवार दमक नगरपालिका वडा नं. १ स्थित किरात धर्म तथा साहित्य उत्थान संघको भवनमा प्रदेश नं. १ पुनः नामकरण संघर्ष समिति राजकुमार राई (किराया)को संयोजकमा १७ सदस्यीय वडा समिति गठन भएको छ ।
समितिको सह संयोजकमा शान्त तिगेला (कियाचु) सचिवमा सन्देश लिम्बू (संलोराम) अर्थसचिवमा प्रमिला लाओती रहेका छन् भने सदस्यहरुमा क्रमशः लाल बहादुर राई (जसपा),तेन बहादुर श्रेष्ठ (जसपा), चन्द्र हेल्लोक (संलोराम), ज्ञानु फियाक (पहिचानवादी), अमर कुमार राई किराया), डिग बहादुर मादेन (पहिचानवादी), बुद्धराज आङथुपो (संलोराम), भीम खजुम (संलोराम), मिरा लिम्बू (संलोराम), डिग बहादुर पालुङ्वा, योगेश मादेन, भूपेन्द्र बेघा र कैलाश लाओती रहेका छन् ।
बैठकमा कियाचु केन्द्रीय सदस्य इक्सा सङबाङफे, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, कियाचु राष्ट्रिय चुम्लुङ सदस्य गुमान सिं सङबाङफे, जसपा नेपाल दमक नगर अध्यक्ष महेन्द्र चाम्लिङ, नेकपा माओवादी केन्द्र दमक नगर सदस्य बन्दना नेम्बाङ सुब्बा लगायत विभिन्न संघ संस्था, राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
गठन प्रदेश नं.१ पुनः नामाङ्कन सङ्युक्त संघर्ष समिति दमक नगर सचिब लासाङ निङ्लेकु र अर्थसचिब टंक माङ्लाक (मुस्कान) को सक्रियतामा कियाचु दमक १ वडा कार्य समिति अध्यक्ष उदिमान तुम्रोकको अध्यक्षतामा सम्पन्न भएको थियो ।