
– साङसेन पन्दाक
बेतुकले दौडी रहेको कुनै
नदि र तिमी उस्तै उस्तै लाग्थ्यो।
सडकमा सल्कि रहेको
विद्रोह र तिमी उस्तै उस्तै लाग्थ्यो।
तिमी त आन्दोलनमा जुलुसहरुको आँधी लिएर डुल्ने मान्छे।
तिमी त बिचारहरुको बम बनाएर
सत्ताको छातीमा पडकाउछु भन्ने मान्छे।
तिमी त प्रश्नहरुको भाला लिएर
मथिङ्गल घोच्ने मान्छे।
तिमी त भुलुक् भुलुक्
उम्लिरहेको पानी जस्तो क्रान्ति उमाल्छु भन्ने मान्छे।
तिमी त अदम्य साहस लिएर सोच्ने मान्छे।
हाउ …लुङा
थाहि नपाइ दाश भएछौ…?
तिमी दाश नभएको भए,
यो बेला,
तिम्रो हातमा,
कि कालो झण्डा,
कि ढुङगा,
कि लठ्ठी,
कि हातमा ग्याटिस बोकेर,
शासकहरुको छाती ताकी रहेको हुने थियौ।