दमक, १५, चैत २०७९/ किरात याक्थुङ् चुम्लुङ् बुद्धशान्तिमा गाउँ कार्य समिति समायोजन समिति गठन भएको छ ।

साविक बुद्धशान्ति गाउँ गा.वि.स. र शान्तिनगर गा.वि.स. मिलएर बुद्धशान्ति गाउँपालिका बनेपछि साविक गाउँ कार्य समितिहरुलाई समायोजन गर्न केहि ढिलाई भएको अवस्था रहेकोलाई समायोजन गरेर समायोजन अधिवेशन गर्ने गरी समायोजन समिति गठन गरिएको जनाइएको छ ।
किरात याक्थुङ् चुम्लुङ् झापा जिल्ला अध्यक्ष सेसेहाङ् फियाक लिम्बूको अध्यक्षतामा चैत १४ गते बुद्धशान्ति ४ स्थित खानेपानी संस्थाको सभाहलमा बसेको भेलाले साविक बुद्धशान्ति गाउँ कार्य समितिका अध्यक्ष फौदराज सेर्माको संयोजकत्वमा १७ सदस्यीय समायोजन समिति गठन गरिएको छ ।
समितिको सह–संयोजकमा दुर्गा नेम्बाङ्, सदस्य सचिवमा प्रकाश साम्सुहाङ् र सदस्यहरुमा लक्ष्मण तुम्वापो, राम योङ्हाङ्, करण थेबे, बालकृष्ण लावती, दिपक सेर्मा, प्रिती कुमार लिङ्खिम, बबिता कोहिवा, धनमान यक्पान्देन, प्रकाश पन्धाक, जसु आङ्बुहाङ्, ज्ञानु सुब्बा, गौरव लिम्बू, दिलसिं नेम्बाङ् र पूर्णिमा लिम्बू रहेका छन् ।
भेलाले समायोजन समितिको आयेजनामा आगामी २०८० साल बैशाख ९ गते कियाचुको सम्पूर्ण अभिलेख मिलाई समायोजनको अधिवेशन सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।
नेपाल आदिवासी महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा जिल्ला सदस्य तारा लिम्बू, जिल्ला चुम्लुङ् सदस्य ओप्रकाश खापुङ् लगाउत स्थानीय लिम्बू बुद्धिजीवि, युवा र चुम्लुङ् कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो ।