दमक १४ चैत्र / झापाको दमक नगरपालिकामा कालो झन्डा गाड्दै तालाबन्दी गरिएको छ ।
मंगलबार प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले तालाबन्दी नगरपालिकाको कार्यलय र वडा कार्यालयहरुमा कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलन गरि रहेको समितिले कालो झन्डा गाड्ने र कोशी प्रदेश लेखिएको कागजात लेटरप्याडहरु कार्यलयको प्राङ्गणमा जलाएर नष्ट पारेका छन् । यसैगरी आन्दोलनकारीहरुले दमक नगरपालिका र वडा कार्यालय तालावन्दी गर्ने क्रममा चर्को रुपमा नारावाजी गरेका थिए ।
बन्द गरेको कार्यालय पुनः ताल्चा खोल्ने काम भए पश्चात कोसी प्रदेश नामाकरणको विरूद्धमा प्रदर्शनकारीहरूले दमक नगरपालिकामा तोडफोड गरेका छन् ।
झापाको दमक नगरपालिकाको १० वटा वडामध्ये १ देखि ८ वटा वडामा कालो झन्डा गाड्दै तालाबन्दी गरिएको छ ।
प्रदेशको नाम कोशी खारेजी गरी ऐतिहासिक र पहिचानका आधारमा पुनः नामकरण गर्न आन्दोलन भईरहेकोमा १ नं.प्रदेशका सम्पूर्ण नगर/गाउँपालिका , वडा कार्यालयहरुलाई २०७९ चैत १४ गते देखि १७ गते सम्म १४ जिल्लाको नगर/गाउँपालिका र वडा कार्यलयहरु सवै बन्द गर्ने कार्यक्रम रहेको वताईएको छ ।
चैत ५ झडपमा परी १० गते निधन हुनु भएका वीर शहिद पदम सुक्वाबा लिम्बू लाजेहाङलाई राष्ट्रिय शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । यसैगरी पहिचानको आन्दोलन जारी रहने भन्दै जबसम्म कोशी प्रदेश खारेज हुँदैन तबसम्म लड्न सबैमा आव्हान गरेका छन् ।