विराटनगर ,१४ चैत/ प्रदेशको नामकरण विरुद्व विराटनगरमा जनप्रदर्शन शान्तिपूर्ण विरोधमा आन्दोलनमा उत्रिएका पहिचान पक्षधर र प्रहरीबीच भएको झडपमा ३५ जनाभन्दा बढी घाइते भएका छन् ।
मंगलबार कोसी नामकरणको विरोधमा पहिचानवादीले विराटनगरको महेन्द्र चोबाट विरोध प्रदशृन गर्दै गएका आन्दोलनकर्मी र प्रहरीवीच विराटनगरको विग होटल अगाडी भएको झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख दीपक पोखरेलले वताए ।
कोसी प्रदेशको संसद् सचिवालयले आयोजना गरेको तालिममा सहभागी सांसदलाई घेराउ गर्न पुगेका प्रदर्शनकारीलाई प्रहरीहरुले रोकेर राखेका थिए । रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिन २८ राउण्ड हवाई फायर र ४४ राउण्ड अश्रुतग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो ।
घाइतेहरुमा धरान–५ बस्ने ४६ बर्षको एन के दर्नाल, धरान–११ का ४८ बर्षको ज्ञानप्रकाश राई, धरान २५ बर्षको विशाल राई, धरान–१६, को ५१ बर्षको शिव आङदेम्बेहरुलाई टाउकोमा गम्भीर चोट लागेको छ । यसरी नै माङ्सेबुङ–३ हाल सुनसरी धरान २२ बर्ष उदय नेम्बाङ लिम्बूलाई दाहिने खुट्टामा चोट लागेको छ ।
ग्रामथान–६ को २१ बर्षको सुरज राईलाई दाहिले खुट्टामा रबरको गोलि लागेको र धरान १८ को ४१ बर्षको अशोक राइलार्ई दाहिले औलामा चोट लागेकोले सास फेर्न गारो भएको, इटहरी ५ का २६ बर्षीय पदम केरुङ लिम्बूलाई भने देब्रे हातको कुइना खुस्केको, इटहरी ८ का बिमल किरातीलाई कुममा चोट लागेको, इटहरी ५को रोयल राई, सुनसरी तरहरा रेसम राई, इटहरी ५ तरहरा सरोज/पद्मलाल लिम्बू हातमा चोट लागेको, धरान १२ आस्था राई सास फेर्न गाह्रो भएको, धरान विशाल राई र तरहरा रेसम राई लगायत प्रदर्शनकारीहरु भने २५ जना कार्यकर्ता घाईते भएको र १३ जनालाई विराटनगरको पारस अस्पतालमा प्राथमिक उपचार पछि धरान वि.वि.कोईराला प्रतिष्ठान घोपामा उपचारका लागि पठाईएको जसपा नेता जेन्टल लाओतीले वताए । प्रदेश नामकरणको विरोधमा विराटनगर आज पनि तनाबग्रत बनेको थियो ।
प्रदेश नं. १ को पुनः नामाङकन संयुक्त संघर्ष समितिले कोशी नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग गर्दै निरन्तर आन्दोलन गरिरहेको छ ।
गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा झडप हुँदा घाइते पदम लिम्बुको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो । शहीदलाई राष्ट्रिय शहीद घोषणा गरी सरकारलाई उचित क्षतिपूर्तिको माग समेत संघर्ष समितिले राख्दैआएको छ ।