फाकफोकथुम, १४ चैत/ फाकफोकथुम गाउँपालिका वडा नं. १ मा वडा संयुक्त संघर्ष समिति गठन गरेको छ ।
आज इलामको फाकफोकथुम गाउँपालिका वडा नं. १ मा पहिचानवादी संघसंस्था राजनीतिक दलका प्रतिनिधिहरुको आम भेलाले १ नं. प्रदेशको नाम सरकारले कोशी नामकरण गरेकोमा सो नाम खारेजीको माग गर्दै आन्दोलनलाई पूर्ण सहयोग गर्नको लागि सन्तोष कुमार लिम्बूको संयोजकत्वमा १९ सदस्यीय वडा संयुक्त संघर्ष समिति चयन गरको छ ।
समितिको उप संयोजकमा मान बहादुर थेगिम, सचिवमा दिपेन्द्र लिम्बू रहेका छन् भने सदस्यहरुमा क्रमशः लोकवीर नेम्बाङ, वलिराज रमेश नेम्बाङ, राम बहादुर नेम्बाङ, फविन्द्र थेगिम, मन बहादुर थेगिम, गोपीलाल थेगिम, देउ प्रसाद लिम्बू, बजम बहादुर मगर, लालवीर नेम्बाङ, नरेन्द्र नेम्बाङ, सन्तधोज थेगिम,पलनधोज थेगिम, विक्रम थेगिम, डम्बर बहादुर धमला र मिङसो नेम्बाङ रहेका छन् ।
फाकफोकथुम गा.पा. १ नं. वडा कार्यालय चैत १४ गते देखि १७ गतेसम्म बन्द केन्द्रीत नीतिलाई ऐक्यवद्धता जनाउँदै शान्तिपूर्ण रुपमा विज्ञप्ति टाँस्ने चावी हाल्ने र कालो झण्डा समेत गाडने निर्णय समेत भएको वडा संयुक्त संघर्ष समितिले वताईएको छ ।