दमक ८ को वडा कार्यालयद्धारा पौद्धार परिवारलाई काजक्रिया खर्च हस्तान्तरण

दमक,३ चैत/ दमक ८ को वडा कार्यालयले विपन्न लक्षित कार्यक्रम अन्तर्गत सोही वडाको एक विपन्न पौद्धार परिवारलाई काजक्रिया खर्च वापतको जिन्सी र नगद रकम हस्तान्तरण गरेको छ ।

दमक ८ को लालीगुराँस टोलको स्वर्गीय गणेश पौद्धारको परिवारलाई ८नम्वर वडा कार्यालयको जनप्रतिनिधिहरुले नगद ५हजार,चामल र तेल लगायतका जिन्सी सामग्री वितरण गरेको हो ।

स्व.पौद्धारको चौथो पूण्यतिथिको दिन घरमै पुगेर दमक ८ नम्वर वडा कार्यालयले आज नगद तथा जिन्सी सामाग्री गरी १० हजार वरावरको सामाग्री वितरण गर्दै थोरै भए पनि मलम लगाउन वडा कार्यालयले प्रयास गरेको वडा अध्यक्ष दिपेश दाहाल (धर्मप्रसाद)ले बताउनु भयो ।

टोलवासी र जनप्रतिनिधि,राजनीतिक दलका प्रमुख प्रतिनिधिहरु भेला भएर ती सामग्री स्व.गणेशका आफन्तलाई प्रदान गरेको थियो ।

२०७९ बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनवाट निर्वाचन जनप्रतिनिधिहरुले वडावासी विपन्न परिवारलाई क्रिया खर्च वितरण शुरु भएको वडा सदस्य खेम श्रेष्ठले जानकारी दिनु भयो ।