दमक,१ फागुन/ झापामा रहेका दर्जी जात भित्र पर्ने बर्देवा थरका वर्देवा बन्धु समाजको तेस्रो अधिवेशनले राजकुमार वर्देवालाई अध्यक्ष चयन गरेको छ ।
झापाको कन्काई नगरपालिका स्थित कन्काई कोटिहोममा सम्पन्न अधिवेशनले वर्देवा बन्धु समाज झापाको अध्यक्षमा राजकुमारलाई सर्वसम्मत चयन गरेको हो । बर्देवा बन्धु समाजको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले राजकुमारको नेतृत्वमा ११ सदस्यीय झापा जिल्ला कार्य समिति चयन गरेको छ ।
वर्देवा बन्धु समाजको जिल्ला अध्यक्षमा राजकुमार वर्देवा अर्जुनधारा,उपाध्यक्षमा अशोक वर्देवा दमक, सचिवमा चन्द्र वर्देवा मेची नगर,सहसचिवमा फडिन्द्र वर्देवा गौरादह र कोषध्यक्षमा कर्ण वर्देवा दमक चयन भएको उपाध्यक्ष अशोक वर्देवाले वताए ।
पदम प्रसाद वर्देवाको अध्यक्षतामा भएको अधिवेशनको बन्दसत्रले जिल्ला सदस्यहरुमा लाल बहादुर वर्देवा,कल्पना श्रेष्ठ वर्देवा,धनराज बर्देवा,डम्वरी वर्देवा, तुलाराम वर्देवा, रमेश वर्देवालाई चयन गरेको छ ।
अधिवेशनको उद्घाटन सत्रका प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष तेज बहादुर वर्देवाले बन्धुहरु बीचको एकता नै शुत्रलाई प्रशस्त गर्न सकिने बल भएको बताउनु भयो । वर्देवा समाजको उद्वेश्य पुरा गर्न सबै बन्धु उक जुट हुनु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा कन्काई नगरको कार्यपालिका सदस्य,सावित्री देवी वर्देवा,कृष्ण वर्देवा,सुरेन वर्देवा र खगेन्द्र वर्देवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।