किरात लिम्बुवान प्रदेश नामाकरणको लागि अभियान

दमक, २७ माघ/ सम्पूर्ण पहिचान पक्षधरहरु एक हौं‘ भन्ने मूल नाराका साथ किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियान कार्यक्रम शुक्रबार प्रारम्भ भएको  

झापाको दमक स्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा आयोजित कार्यक्रममा राजनीति भन्दा माथि पहिचान हुने भन्दै सहभागीवक्ताहरुले प्रदेश नम्बर  लाई पहिचानका आधारमा किरात लिम्बुवान नामाकरण गर्न दवाव सिर्जना गरिने बताएका हुन 

अभियानले यस प्रदेशका सवै पहिचान पक्षधर पार्टीहरुसंघ,संस्था साथै प्रबुद्ध व्यक्तित्वहरुसँग छलफल,भेटघाट  समन्वय गर्ने प्रेस विज्ञप्तिमार्फत जनाएको  

प्रदेश नम्बर  भित्र बसोबास गर्ने सबै जातजाति एवम् समुदायहरु बीचको एकता  सामाजिक सद्भावको विकास गराउँदै किरातलिम्बुवान प्रदेश नामाङ्कन गराउन अभियान सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख  

किरात सभ्यताभित्र यस क्षेत्रका सबै पहिचान चाहने प्रकृतिपूजक,भूमिपूत्र आदिवासीहरु पर्ने  किरात  शब्दले बृहत भातृत्व  एकताबुझाउने विज्ञप्तिमा उल्लेख  

त्यस्तै लिम्बुवान भन्नाले १८३१ साउन २२ गते लिम्बुवान  गोर्खा फौज(नेपालबीच भएको ऐतिहासिक सन्धी बमाजिमको भूगोल तथा लिम्बुवान प्रदेश प्राप्तिको लागि भएका सम्पूर्ण आन्दोलनरत पक्षहरुसँग नेपाल सरकारले गरेको  सम्झौताको रूपमा बुझ्नु पर्ने जिकिरगरिएको  

अभियानले किरात भन्नाले सभ्यता  लिम्बुवान भन्नाले भूगोल हो भन्ने बुझ्न अनुरोध गरेको  

पहिचान पक्षधर राजनीतिक शक्तिसंघ संस्थाहरुसँग बृहत छफल गर्ने जनाउँदै अभियानले सवै प्रकारको चन्दा सङ्कलनलाई पूर्णरुपमा निषेध गर्ने जनाएको  

कार्यक्रमा संघीय लिम्बुवान पार्टी नेपाल उपाध्यक्ष मित्र लिङ्देन, जसपा नेपाल केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष जेन्टल लाओती, लोसपा, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष भक्त खेवाङ, राष्ट्रिय जनमुक्ति पार्टी महासचिव पदम चबेगु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रीय उपाध्यक्ष ज्ञानु इम्बुङ, महासचिव अशोक चेम्जोङ, किरात राष्ट्रिय समिति संयोजक डिवि राई,माओवादी कम्यनिष्ट पार्टी नेपाल उपाध्यक्ष क. अर्जुन लामा, साझा किरात खम्बुवान मोर्चा उपाध्यक्ष क्याप्टेन ललित प्रकाश राई, पूर्व लिम्बुवान मुक्ति मोर्चा अध्यक्ष पदम अधिकारी, पहिचानवादी नेता प्रविण चाम्लिङ, पूर्व नेपाली काँग्रेस महासमिति सदस्य स्वतन्त्र नेता जयराज संयक, कोचिला संघर्ष समिति सदस्य त्रिनारायण राजवंशी, नेपाल तामाङ घेदुङ संघ प्रतिनिधि जयकुमार तामाङ लगायतले बोलेका थिए र सो अभियानमा ऐक्यबद्धता जनाएका थिए ।


प्रथम भेलामा उपस्थितिहरुले ऐक्यवद्धता गर्दै २५० देखि मिल्न नसक्दाको परिणाम आज हामी सवै गुमाएर लोप अस्तित्वहिन भएको आफ्नो पहिचान आत्मसम्मान र स्वभिमानको लागि किरात लिम्बुवान प्रदेश नामकरण अभियान संचालन गर्न आयोजित भेलाले विभिन्न जिल्लाहरुमा गतिविधि सञ्चालन गर्न जिम्मेवारी तोकेको  
उदयपुर, भोजपुर,खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जिल्ला समन्वय समिति निर्माण गर्न डिवि राईलाई जिम्मेवारी दिइएको छ। उहाँ किरात खम्बुवान क्षेत्रको समन्वय संयोजकको जिम्मेवारीमा मनोनयन गरेको छ । त्यसै गरी इलाम जिल्ला समन्वय समिति संयोजक निरमणी माङ्मु नरेश, सुनसरी जिल्ला समन्वय समिति संयोजक राजेश खिम्दुङ, तेह्रथुम जिल्ला समन्वय समिति संयोजकमा तारा थलङ लिम्बू, धनकुटा जिल्ला समन्वय समिति संयोजकमा प्रतिभा राई,संखुवासभा जिल्ला समन्वय समिति संयोजकमा मित्र याक्खा देवान,ताप्लेजङ जिल्ला समन्वय समिति संयोजकमा अनिशा थेवे र झापा जिल्ला समन्वय समिति संयोजकमा कविराज चाम्लिङ राईलाई जिम्मेवारी दिईएको संयोजक थाम्सुहाङले वताए ।


कार्यक्रम किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियान संयोजक प्रेमदीप थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको हो ।