शिवसताक्षी,१४ माघ/ याक्थुङ युवा मञ्च झापाको दोस्रो जिल्ला अधिवेशन आज सम्पन्न गरेको छ ।
शनिवार झापाको शिवसताक्षी नगरपालिका ८ स्थित युङी क्याफेको हलमा याक्थुङ युवा मञ्च केन्द्रीय अध्यक्ष प्रज्ञा इजम कङलिबाको प्रमुख आतिथ्यतामा याक्थुङ युवा मञ्च झापाको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रताप निङलेखु निर्वाचित भएका छन् ।
समितिको उपाध्यक्षहरुमा क्रमशः विक्रम लेवा, सुष्मा सेर्मा, सचिवमा सुरज सङबाङफे, सहसचिवमा विक्रम लाओती र कोषाध्यक्षमा सालु सेर्मा निर्वाचित भएका छन् ।यसरी नै सदस्यहरुमा क्रमशः चिजा येक्तेन, सुवास मेन्याङ्वो र दिपेन थेबे रहेका छन ।
कार्यक्रममा रंगकर्मी वनेम विक्रम फागो, तुम्याङ सन्तोष मेन्याङ्वो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम याक्थुङ युवा मञ्च झापा जिल्ला अध्यक्ष प्रेम सेर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।