दमक, १ माघ/ मगर समुदायको राष्ट्रिय चाड माघे सकराटी (संक्रान्ति) मगर समुदायले भेला भएर मनाएको छ ।
झापाको दमक ३ स्थित गोलाटारमा मगर, गैर मगर जातीहरु भेला भएर शुभकामना आदान प्रदान गर्दै पर्वको विभिन्न परिकारहरु खाएर माघे संक्रान्ति पर्व मनाएका हुन् । जातीय पोशाकमा सजिएका मगर महिला, पुरुष र गैर मगर समुदायबीच तरुल ,सेलरोटी ,लड्डु, चाकु लगायतका परिकार खाएर एक कार्यक्रम गरी पर्व मनाएको हो ।
दमक नगर पालिका नगर प्रमुख राम थापाको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा थापाले सबै समुदायले मनाउने चाड पर्व प्रति सामाजिक सद्भाव कायम गर्नु पर्ने, मगर समुदायको पर्वलाई अर्को समुदायले सहिष्णुता कायम गर्नु पर्ने बताउनु भयो । यसरी उहाँले उच्च शिक्षा अध्ययन गर्दै गरेका ४ छात्राहरुलाई मगर संघ दमक नगर समितिसंगको सहकार्यमा एक साता भित्र ४ साइकल प्रदान गर्ने घोषण गर्नु भयो ।
कार्यक्रमका सत्यहाङमा कोलेनी दमक कार्यकारी निर्देशक फस बहादुर काउछा मगरले लोप हुदै गएको मगरको पर्व संस्कार,संस्कृतिको संरक्षण गर्दै आउदो पिढीलाई हस्तान्तरण गर्नु पर्ने बताउनु भयो । संस्कार संस्कृति रहे मात्र समुदायको अस्तित्व कायम रहने कार्यकारी निर्देशक काउछा मगरले बताए ।
कार्यक्रममा मगर महिला संघ केन्दीय सचिव खेम कुमारी आले मगरले स्वदेश तथा विदेशमा रहेका मगर समुदाय सबै एक हुनु पर्ने बताउनु भयो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रान्तीय सदस्य लिला थापा मगरले चाड पर्व र धर्मले समाजलाई सहि दिशा निर्देश गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा मगर जातीका ज्येष्ठ सदस्यहरु १०३ वर्षीया नर माया सोराली मगर र १ सय वर्षे चिन बहादुर एक्चै मगरलाई दोसल्ला ओढाएर सम्मान गरेको सामाजिक अगुवा धनमाया थापा मगरले जानकारी दिनु भएको हो ।
मगर संघ दमक नगर समिति दमकको जग्गा खरिद गर्न सहयोग गर्ने सगरमाथा आयल सेन्टर दमकका सञ्चालक टिकराम पिठाकोटे मगर, सत्यहाङमा कोलेनी निर्देशक काउछा मगर, सामाजिक अगुवा धनमाया ,जंग बहादुर सिंजाली मगर लगायतका २५ जना मानुभावहरुलाई सम्मान गरेको थियो । मगर समुदायको राष्ट्रिय पर्व माघे संक्रान्तिको महत्वकावारेमा अध्यक्ष वेद थापाले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रम मगर संघ दमक नगर समिति अध्यक्ष वेद थापा मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।