राजारानी, २२ पौष / चौविसे कला, साहित्य तथा साँस्कृतिक समाजको कार्यालय उद्घाटन आज सम्पन्न भएको छ ।
शुक्रबार चौविसे गाउँपालिका कार्यालयको सभा हलमा चौविसे गाउँपालिका राजारानीमा कला, साहित्य तथा साँस्कृतिक समाजको कार्यालय चौविसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङको प्रमुख आतिथ्यतामा , गा.पा. उपाध्यक्ष टंकमाया मगरको उपस्थितिमा उद्घाटन सम्पन्न भएको हो ।
चौविसे कला, साहित्य तथा साँस्कृतिक समाजको कार्यालय, पालिकाकै भवनमा एउटा कोठा र आवश्यक टेबुल कुर्सी दराज लगायतका सामग्रीहरु उपलब्ध गराइ दिएको र उक्त दिनबाटै संस्थाको कामकाज सुचारु हुने गरि संचालनमा ल्याइएको हो ।
त्यस्तै गरी भौतिक पूर्वधार र सामाजिक,शैक्षिक बिकास, साथै खेलकुदसँगै पर्यटन विकास, कला, साहित्य तथा मौलिक लोक संस्कृतिहरुको प्रमोटमार्फत चौविसेलाई जुरुक्कै उठाएर लैजान जस्तोसुकै परिस्थितिमा पनि आफु तत्पर रहेको गाउँपालिका अध्यक्ष चेम्जोङले बताए ।
समुदघाटन कार्यक्रममा गायक मदन चेम्जोङ र देबेन्द्र चेम्जोङले गायन, अनुस्का कणेँल नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै गरी वाँसुरी बाधक बिरु बिशालले बाँसुरीको धुन (अलाप) श्रवण गराएर कार्यक्रमलाई थप रोचक बनाइएको थियो ।
कार्यक्रममा चौविसे गाउँपालिका राजारानीमा कला, साहित्य तथा साँस्कृतिक समाज अध्यक्ष आधुनिक देवानको अध्यक्षतामा, स्वागत मन्तव्य उपाध्यक्ष कवि दिवा चेम्जोङ राखेका थिए भने संस्थाको सचिव कविन तुम्बापोले संचालन गरेका थिए ।
कार्यक्रममा चौविसे गाउँपालिकाको आठवटै वडाका वडाध्य्क्षहरु, राजनीतिक दल, स्थानीय बुद्दिजीवि, समाजसेवी, प्रशासन, शिक्षक, कर्मचारी र कलाकारहरुको सहभागित रहेको थियो ।