८ न. वडा कार्यालय दमकले टेलिफोन,इन्टरनेट,केबुलहरुको तार व्यवस्थापन गर्ने

दमक ,२२ पुस/ बिजुलीको पोलमा अब्यवस्थित रुपमा रहेको टेलिफोन,इन्टरनेट,केवुलका तारहरुलाई ब्यवस्थित गर्ने अभियान चलाएको छ ।

शुक्रबार झापाको दमक ८ न. वडा कार्यालयले वडाको विभिन्न टोलको विजुलीको पोलमा लत्रिएको,चुटीएको इन्टरनेट ,केबुलहरुको तार ब्यवस्थापन गर्ने अभियान वडा कार्यालयले गरेको हो ।
दमक ८ को शहिद ,सेतुमारी ,किरात र विकास मार्ग ,किरात,डाँफे मुनाल मार्ग टोलको तारहरु व्यवस्थित गर्ने काम एक हप्ता गरेको ८ नम्बर वडाका वडा सदस्य खेम श्रेष्ठले जानकारी दिए । यसरी नै दमक ८ को वाँकी टोलहरुको तार ब्यवस्थापन दमक नगर पालिकाले फेरी जेसीभी उपलब्ध गराए पछि केबुल र इन्टरनेट कम्पनीका प्राविधिकको सहयोगमा तार ब्यवस्थापन अभियान चलाउने वडा सदस्य श्रेष्ठले बताउनु भयो ।

सडकको पोलमा रहेको केबुल र इन्टरनेटको तारको उचित ब्यवस्थापन नहुँदा भैपरि आउने घटनाले ठूलो क्षति पुग्ने अवस्थालाई मध्यनजर गरी अल्पकालिन रोकथामका लागि भए पनि तार ब्यवस्थापनको काम गरेको वडाअध्यक्ष दिपेश दाहालले वताए । दमक ८ मा भने १७ विभिन्न कम्पनीले तार प्रयोगमा ल्याएको वडा कार्यालय दमक ८ ले जनाएको छ ।

यसरी नै दमक ,पुस २२ झापाको दमक ८न.वडा कार्यालय दमकले आयोजना गरेको वडावासीको भेलाले आज दमक आसपासका क्षेत्रका लागि आर्यघाट निर्माण अध्ययन समिति गठन गरेको छ । वडा कार्यालयमा भएको भेलाले मानिसको मृत्यु पछि गरिने दाह संस्कारको लागि आर्यघाट निर्माण अध्ययन समिति गठन गरेको हो । भेलाले नेपाल जेसीजका पूर्व अध्यक्ष तथा वडावासी प्रकाश अधिकारीको अध्यक्षतामा आर्यघाट निर्माण अध्यक्ष समिति गठन गरेको ८नम्बर वडाका वडाअध्यक्ष दिपेश दाहालले जानकारी दिनु भयो ।

दमक आसपासको क्षेत्रका लागि आर्यघाट आवश्यक भए नभएको अध्ययन प्रतिवेदन सो समितिले १५ दिन भित्र बुझाउने वडाअध्यक्ष दाहालले बताउनु भयो ।
अध्ययन समितिको सचिवमा जय विमली ,सदस्यहरुमा बेनु प्रसाद चुडाल,हरि प्रसाद न्यौपाने,धिरेन लाओती ,विशाल मिश्र, मान बहादुर बुढाथोकी, दुर्गा खरेल ,मुना सिग्देल ,यज्ञनिधि काफले, पारसमणी नेपाल ,गंगा सेढाई ,बेनु सुब्बा र प्रेम मगर रहेको छ ।

सम्बन्धित खवर