सम्बाहाङ्फे उत्थान संघ क्षेत्रीय समिति तुम्बेवा अध्यक्षमा जयबहादुर निर्वाचित

  • इन्द्रकुमारी सङबाङफे 

तुम्बेवा, २२ पुस/ सम्बाहाङ्फे उत्थान संघ क्षेत्रीय समिति तुम्बेवा गाउँपालिका पाँचथरको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ ।


विहिबार तुम्बेवा गा.पा. १ स्थित सिंहवाहिनी आ.वि.को प्राङगणमा सम्बाहाङ्फे उत्थान संघको केन्द्रीय कार्य समिति उपाध्यक्ष तारानाथ सम्बाहाङफेको प्रमुख आतिथ्यतामा सम्बाहाङ्फे उत्थान संघ क्षेत्रीय समिति तुम्बेवा गाउँपालिका पाँचथरको ऐतिहासिक प्रथम अधिवेशनले जयबहादुर सम्बाहाङफे (तुम्बेवा ३ येङखुवा)को अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा तेज चन्द्र सम्बाहाङफे (तुम्बेवा –४ ओलने), सचिबमा गणेश कुमार सम्बाहाङफे (तुम्बेवा –१ सेर्जेम्बा), कोषाध्यक्षमा प्रेमध्वज सम्बाहाङफे (तुम्बेवा –३ तालेघर) निर्वाचित भएका छन् ।
यसरी नै सदस्यहरुमा क्रमशः महेन्द्र सम्बाहाङफे (तुम्बेवा –१ बासमाने टोल), डिल्लीराम सम्बाहाङफे (तुम्बेवा –२ चुवाडे), दिल कुमार सम्बाहाङफे (कुम्मायक –२ साम्पारी),भिम प्रसाद सम्बाहाङफे (तुम्बेवा –१ याबुनी), भेषराजसम्बाहाङफे (तुम्बेवा–३ मौवा), साम्योहाङ सम्बाहाङफे (तुम्बेवा –१ याबुनी सिरान), सुमन सम्बाहाङफे (तुम्बेवा –४ ओलने), खगेन्द्र सम्बाहाङफे (तुम्बेवा –३ सुब्बा टोल) र प्रेमराज सम्बाहाङफे (तुम्बेवा –३ छेउघर) रहेका छन् ।

त्यसरी नै सम्बाहाङ्फे उत्थान संघ क्षेत्रीय समिति तुम्बेवा गाउँपालिका पाँचथरको प्रथम ऐतिहासिक अधिवेशनले खड्गसुन्दर सम्बाहाङफे तुम्बेवा गाउँपालिका पाँचथर उपाध्यक्ष (तुम्बेवा –३ येङखुवा)को संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।
सल्लाहकार सदस्यहरुमा क्रमशः चित्र ब. सम्बाहाङफे (दुर्गा मा. वि प्र.अ. मिक्लाजङ गाउँपालिका –१ पाँचथर), दुर्ग सम्बाहाङफे हालः फेदेन, राम सम्बाहाङफे हाल ःअस्ट्रेलिया, दिल कुमार सम्बाहाङफे (अधिवक्ता/प्राध्यापक हालः काठमाडौ र सेसकुमार सम्बाहाङफे (तुम्बेवा –१ याबुनी) रहेका छन् ।