वेथितिको अन्त्य नभए आन्दोलन गर्ने, माओबादी केन्द्र दमकको चेतावनी

दमक,२१ पुस/ दमक अस्पताल भित्र देखिएको वेथिती १५ दिन भित्र हल नगरे नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र दमक नगर समितिले थप संघर्षको कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

आज झापाको दमक स्थित नगरपालिकाका नगर प्रमुखको सभा कक्षमा माओवादी केन्द्रका दमक नगर इन्चार्ज बेदु गौतमले नगर प्रमुख राम  थापालाई ज्ञापन पत्र बुझाएको हो । नगर प्रमुख थापालाई माओवादी केन्द्रले  ज्ञापन पत्र बुझाउँदै दमक अस्पताल भित्र भएको अस्तव्यस्त अवस्थालाई हल नगरे त्यसको विरुद्वमा आन्दोलन गर्ने चेतावनी दिएको हो । अस्तव्यस्त अवस्थालाई सामधान गर्नु पर्ने ,अस्पताल व्यवस्थापन समिति तुरुन्त गठन गर्नु पर्ने , दमक अस्पताल सञ्चालन गर्न स्थानीय सरकार असफल भएको हुँदा प्रादेशिक अस्पताल निर्माण गर्न तुरुन्त निर्णय गरी सिफारिस गरियोस भन्ने माग पार्टी नगर अध्यक्ष कुल बहादुर बस्नेत र इन्चार्ज गौतमद्वारा जारी ज्ञापन पत्रमा उल्लेख छ ।
तपाईहरुले उठाएको माग प्रति मेरो गम्भीर ध्यानकर्षण भएको छ ,नगर प्रमुख थापाले भन्नु भयो –समस्या सामधान गर्न पहल गर्ने छु । हिजो चुनावमा गठबन्धन गरेर नगर प्रमुख र उपप्रमुख जिताए पनि माओवादी केन्द्रलाई निषेधको राजनीति गरेको पार्टीको दमक नगर समिति अध्यक्ष बस्नेतले आरोप लगाउनु भयो । अस्पतालले दिने सेवामा चरम लापरवार्ही गरेको ,ल्याव बन्द रहेको र स्वास्थ्य विमावाट पाउने औषधी नपाएको सेवाग्राहीको गुनासो प्रति वेवास्ता गरेको अवस्था रही रहे माओवादी पार्टी रमिते मात्र नबन्ने नगर प्रमुख थापालाई इन्चार्ज गौतमले चेतावनी दिनु भयो ।

माओवादी केन्द्रको अध्यक्ष रविको टोलीले दमक अस्पतालमा पुगेर अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर निरज आचार्यलाई सोही ज्ञापन पत्रको बोधार्थ बुझाएको छ । बोधार्थ दिएको पत्र बुझेपछि सेवाग्राहीलाई सक्दो सरल प्रभावकारी सेवा दिने अनुरोध गरे अनुसार सेवाग्राहीलाई सहज सेवा दिने प्रतिवद्वता जाहेर गरेको डाक्टर आचार्यले बताए । माओवादी केन्द्रले गत जेठ २६ गते पनि नगरपालिकालाई ज्ञापन पत्र बुझाएको जनाएको छ ।