कियाचु शिवसताक्षी नगर अध्यक्षमा चोबेगु थेगिमहाङ निर्वाचित

दमक,१९ पुस / किरात याक्थुङ चुम्लुङ शिवसताक्षी नगर कार्य समितिमा सुखबहादुर चोबेगु थेगिमहाङ (बीरबल) निर्वाचित भएका छन् ।
पुस १६ गते सम्पन्न प्रथम नगर अधिवेशनको कार्य समिति चयन चुनावी प्रकृयामा सोमवार भएको मतदानबाट जवेगु निर्वाचित भएका हुन् ।
चोबेगु थेगिमहाङको नेतृत्वमा १४ सदस्यीय नगर कार्य समिति चयन गर्दै सोमवार नगर अधिवेशन सम्पन्न भएको जनाईएको छ ।
नगर कार्य समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा सर्वसम्मतको सहमति नजुटेपछि भएको मतदानमा ८१ प्रतिनिधि मध्ये ७५ जनाले मतदान गरेका थिए ।
सम्पन्न मतदानबाट अध्यक्ष पदका उम्मेद्वार सुखबहादुर चोबेगु थेगिमहाङ (बीरबल) ले ४९ मत प्राप्त गरि निकटदम प्रतिद्वन्दि किरण लिङ्देनलाई २३ मतको अन्तरले पराजित गर्दै विजयी बने भने लिङदेनले २६ मत प्राप्त गरेका छन् । यसैगरी सचिव पदमा प्रेम सेर्माले ४५ मत प्राप्त गरेर निकटदम प्रतिद्वन्दि दुर्गा चेम्जोङलाई १५ मतको अन्तरले पराजित गर्दै विजयी बने भने चेम्जोङ्ले ३० मत पाएका छन् ।
कोषाध्यक्ष पदमा पवित्रा लिम्बूले ४१ मत प्राप्त गरि निकटम प्रतिद्वन्दि बालकुमार तुम्वापोलाई ७ मतले पराजित गरे भने तुम्वापोले ३४ मत गरेका छन् ।
यसरी समितिको मुख्य पदमा सहमति नजुटेपछि भएको चुनावमा निर्वाचित अध्यक्ष, सचिव र कोषाध्यक्षको घोषणासँगै सर्वसम्मत निर्वाचित उपाध्यक्ष, सह-सचिव लगायत ९ जना सदस्यहरू निर्वाचित भएको घोषणा गरिएको थियो ।
जसमा कियाचु शिवसताक्षी नगर कार्य समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, सह-सचिव र कोषाध्यक्षमा क्रमश: सुखबहादुर चोबेगु थेगिमहाङ (बीरबल), धनराज इम्बुङ्, प्रेम सेर्मा, निशा लिम्बू र पवित्रा लिम्बू निर्वाचित भएका छन् भने सदस्यहरूमा प्रेमध्वज लिम्बू, विजय लाओती, सूर्य यङ्या, लिलामाया लिम्बू, शिशिर तुम्वापो, दुर्गाबहादुर ओख्राबो, कमल मन्दङ्वा, बुद्धराज लक्सम र सन्तोष इजम निर्वाचित भएका छन् ।
चुम्लुङको बिधान बमोजिम गठित निर्वाचन समितिका संयोजक तथा कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले नव निर्वाचित कियाचु नगर कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई पदीय जिम्मेवारीको शपथ ग्रहण गराउनुभयो ।
किरात याक्थुङ चुम्लुङ शिवसताक्षीको प्रथम अधिवेशन कियाचु संघीय सदस्य तुत्तु अमृत योङहाङको प्रमुख अातिथ्यमा पुस १६ गते प्रारम्भ भई पुस १८ गते समापन भएको निर्वाचन समितिमा राष्ट्रिय चुम्लुङ सदस्द्वय गुमानसिं सम्बाहाङ्फे र शिवकुमार मेन्याङवो, साविक धरमपुर गाउँ शाखाका पूर्व अध्यक्ष दिल सेरेङ र साविक सतासीधाम गा.वि.स. का कियाचु सदस्य छत्रमाया वनेम लिङदेन सदस्य रहनुभएको थियो ।