दमकमा व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईलाई स्वागत तथा सम्मान

दमक,१८ पुस / साथी भाई समुहद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रम दमकमा आज सम्पन्न भएको छ ।

सोमबार दमक ६ स्थित साथी भाई समूहको कार्यालय परिसरमा आयोजित वि एण्ड सी अस्पताल विर्तामोडका सञ्चालक मेडिकल व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईलाई स्वागत तथा सम्मान गरेको छ । प्रसाईलाई अध्यक्ष सिटौलाले खदा सहित सयपत्रीको माला लगाइ दिएर सम्मान गर्नु भएको छ ।

कार्यक्रममा अभियान्ता दुर्गा प्रसाईले परिवारको खुशीको लागि विदेशीएको व्यक्तिको मृत्यु पछि त्यही लास गुहिएर रहने गणतन्त्र देशवासीले नचाहेको बताउनु भएको हो । यस्तो अवस्थामा पनि नेपाल सरकारले पठाएका राजदुतहरु त्यही ठाउँमा डिनर लन्च गर्न व्यस्त रहे पनि अलपत्र लासको वारेमा वेखबर हुने गरेको प्रसाईले गुनासो गर्नु भएको छ । आफूले दुबाइका राजकुमारसंग पहल गरी २१ वटा शव आफनो पैसा हालेर नेपाल ल्याउने काम गरी सक्दा पनि नेपालका ठूला मिडियाले नदेखेको प्रसाईले आरोप लगाउनु भयो । उल्टै म माथि मिसन पत्रकारिता गर्दै नक्कली राजकुमार, नक्कली सुनको लौरो आदि भन्दै राम्रो काम नदेख्ने नराम्रो मात्र मिडियाले देख्ने गरेको पनि उहाँले गुनासो गर्नु भयो । अहिलेको स्थितिमा व्यवसायीहरुले १८ प्रतिशत व्याज तिर्नु पर्ने वाध्यताको निकास सरकार,उद्योग वाणिज्य संघले दिनु पर्ने प्रसाईले बताउनु भयो । मुलुकमा छ महिनाको सुत्केरी बैदेशिक रोजगारमा जानु पर्ने वाध्यताको अन्त गर्ने गणतन्त्र चाहिएको मेडिकल ब्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईले बताए ।

कार्यक्रममा दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पूर्वअध्यक्ष प्रकाश प्रसाई, इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक जीवन गौतम, कार्यक्रम संयोजक कमल कट्वावाल लगायतले संस्थाको नाम जस्तै काम गर्न सफल होस भन्दै आफना भनाईहरु राखेका थिए ।

स्वागत तथा सम्मान कार्यक्रममा साथी भाई समुहका अध्यक्ष गंगा सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर