मेयङलुङमा लिम्बू भाषा कविता प्रतियोगिता

तेह्रथुम, १८ पुस/ तेह्रथुमको सदरमुकाम म्याङलुङमा सम्पन्न खुल्ला लिम्बू भाषा कविता प्रतियोगिताबाट नरेन्द्र खापुङ सङयक प्रथम हुनु भएको छ ।

लिम्बुवान भुमीमा लिम्बूहरुको मुन्धुम, लिम्बूहरुको ईतिहास खोज अनुसन्धानकर्ता इतिहासकार ईमानसिंङ्ग चेम्जोङको १ सय १९ औ जन्मजयन्तीको अबसरमा म्याङलुङमा सम्पन्न खुल्ला लिम्बू भाषा कविता प्रतियोगीतामा मेन्छ्यायेम गाउँपालिका वडा नम्बर ६ मोराहाङका नरेन्द्र खापुङ सङ्यक प्रथम हुनु भएको हो ।

यस्तै म्याङलुङ नगरपालिका वडा नम्बर ९ साब्ला फुङ्सिङमा टोलका घनश्याम सावाँदेन दोस्रो र म्याङलुङ ९ साब्लाका विनिता श्रेङ चोङबाङ तेस्रो हुनु भएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु ५ हजारको साथमा प्रमाण पत्र प्राप्त गरेको छ भने दोस्रो हुनेले नगद रु ३ हजारको साथमा प्रमाण पत्र, र तेस्रो हुनेले २ हजारको साथमा प्रमाण पत्र प्राप्त गरेको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बतायनु भयो ।
प्रतियोगिता लिम्बुभाषालाई संरक्षण र सम्वर्धन गर्ने उदेश्यले आयोजना गरिएको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका सचिव राजकुमार तेयुङले बताउनु भयो ।

किरात याकथुङ चुम्लुङ तेह्रथुमको आयोजनामा सम्पन्न भएको कार्यक्रम किरात याक्थुङ चुम्लुङ १ नम्बर प्रदेश उपाध्यक्ष टँकमाया लिम्बुको प्रमुख आथित्यता तथा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।