चुलाचुलीमा नाट्य उत्सव आयोजनाको तयारी तीव्र

चुलाचुली,११ पुस / गाउँमा रंगमञ्च गर्दै आएको इलामको चुलाचुलीस्थित चुलाचुली रंगमञ्चले आफनो ९ औं बार्षिकोत्सवको अवसरमा दोस्रो संस्करणका रुपमा चुलाचुली पाठशाला नाटय उत्सव आयोजनाको तयारी तीव्र पारेको छ ।

विशेषगरि शैक्षिक संस्था र विधार्थीहरुमा लक्षित कार्यक्रमले यसपटक नाट्य उत्सवमा अवसरमा खुल्ला नाटक मञ्चन गर्ने भएको छ ।विश्वव्यापिकरणमा ग्रामीण सौन्दर्यको खोजी’ नारा रहेको नाट्य संस्था जिल्लाकै एकमात्र पहिलो नाट्य संस्था हो ।

रंगमञ्चको कार्यालमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको मिति घोषण गरेको हो । आगामी माघ १० र ११ गते हुन लागेको चुलाचुली पाठशाला नाट्य उत्सवमा जम्मा ११ वटा नाटकले सहभागिता जनाउने भएको छ । चुलाचुली गाउँपालिकाको सामुदायिक र संस्थागत गरि जम्मा ६ वटा विद्यालय, जिल्ला बाहिरबाट तीन वटा नाट्य संस्था साथै आयोजक रंगमञ्चबाट दुई वटा होम प्रोड्क्सन नाटक मञ्चन हुने भएको छ ।
सहभागि रहने विद्यालयहरु श्री बालज्योति मा.वि. चुलाचुली ४,इलाम, श्री भानु मा.वि. चुलाचुली ५,इलाम, श्री पञ्चकंन्या आधारभुत विद्यालय चुलाचुली २, इलाम, श्री अमृत बोर्डि स्कूल, चुलाचुली २,इलाम, श्री पञ्चबुद्ध अंग्रेजी स्कुल चुलाचुली ४, इलाम, श्री जनता मा.वि. बाह्रगोठे, चुलाचुली २, इलाम, बाहिरी नाट्य संस्थाबाट सहभागी नाटकहरु ःकदम थिएटर र सर्वोदय ईङ्िलस बोर्डिङ स्कुल झापा, हाम्रो थिएर फिदिम पाँचथर, शब्द थिएटर र रेडस्टार बोर्डिङ्ग स्कुल पथरीशनिश्चरे मोरङ रहेको छ ।

चुुलाचुली गाउँपालिकाको पर्यटन क्षेत्रहरु मध्ये वडा नम्बर ३ स्थित शिवओरक मिलन पोखरी पर्यटन क्षेत्रमा करिब ६ लाख २५ हजार लगानीमा पाठशाला नाटक आयोजना हुन लागेको हो ।

प्रकृतिको सत्सङगमा जाऔं, रंगकर्ममा रमाऔं र आफु स्वयमसँग सम्बाद गरौं । उत्सवको मुख्य नारा रहेको कार्यक्रममा चुलाचुली गाउँपालिकाको सहयोग र डिस्का संयुक्त राज्य अमेरिका र इलाम समाज हङकङको सहकार्य रहने भएको छ ।
दुई दिन चल्ने नाटक उत्सवमा ११ वटा नाटक मञ्चन, फाइन आर्ट कार्यशाला, फोटो प्रर्दशनी, नाटक कार्यशाला, विभिन्न जातजातिको लोकबाजा झाकी प्रर्दशनी र रंगमञ्च अन्रसंवाद कार्यक्रम रहने पाठशाला नाटक उत्सव संयोजक चेतन आङथुपोले वताए ।

२०७० सालबाट आधिकारीक रुपमा नाटकमा सक्रियता हुँदै आएको चुलाचुली रंगमञ्चले २०७६ मा पहिलो संस्करण चुलाचुली नाट्य पाठशाला आयोजना गरेका थिए भने २०७१ मा पशिलो पटक गाउँमै दुई दिवसीय नाट्य उत्सव आयोजना गरिसकेको छ । २०६५ सालमा परिर्वतन नामकाृ सडक नाटकबाट गाउँमा नाटकको गतिविधि गर्दै आएको यस नाट्य संस्थाले दर्जनौ बढी नाटकहरु नेपाल नाटक महोत्सवहरुमा मञ्चन गरिसकेको छ । प्रेसमिट कार्यक्रममा थप कथा निर्देशन रमिता राई को नाटक प्रकृति को मञ्चन गरिएको थियो ।

पत्रकार सम्मेलन पछि सोही स्थानमा रंगमञ्चले नाटक प्रकृति मञ्चन गरेको छ । किशोरी अवस्थामा हुने किशोरीहरुको रजोसल्ला लगायतका विषयमा समाजले बुझेको गलत संस्कृतिवाट उत्पन्न समस्यालाई नाटक मार्फत कलाकारहरुले चित्रण गरेको छ । रमिता राईले निर्देशन गरेको नाटक प्रकृतिमा कलाकारहरु मिलन कोयु राई,शोभा राई , कुसुम सम्वाहाम्फे,सम्झना राई ,शिखा लिम्वू ,अनुषा लाम्गाद,लक्ष्मी दर्जी र सन्ध्या गदाल लगायतका अभिनाय गरेका छन् ।