काठमाडौं ११, पुुस / नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद गठन गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमाले विष्णु पौड्याल, नेकपा माओवादी केन्द्र नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने रहेका छन् । पौड्यालले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्ने भएका छन् । यसै गरि मन्त्रीहरुमा ज्वालाकुमारी शाह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । ३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीले आज नै शपथ लिएका छन् ।