लिम्बू भाषा कक्षा ११ को रजिष्ट्रेशन फारम भर्न भराउन बोर्डद्वारा खुल्ला

पुस ९, दमक / लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परिषदको परिक्षा नियन्त्रण कार्यालयको बोर्डबाट शैक्षिक सत्र २०८० को लागि लिम्बू भाषा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको रजिष्ट्रेशन फारम भर्ने भराउने कार्य बोर्डले खुल्ला गरेको छ ।

पुस ६ गते प्रकाशित सुचना अनुसार वोर्डको निर्णय अनुसार कक्षा ११ को लागि नियमित तथा प्राईभेट तर्फको रजिष्ट्रेशन फाराम भर्ने अन्तिम म्याद यही पुस २९ गते सम्म रहेको लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रक पृथिप्रसाद नेम्बाङ वताए ।

नेपाल लिम्बुवानको पान्थर फाल्गुनन्द गाउँपालिका याम्बोङमा अहिलेसम्म लिम्बू भाषा शिक्षाको कक्षा संचालन गरी अध्ययन/अध्यापन गर्न व्यवस्थापन नभएको अवस्थामा पनि बोर्डले वि.सं. २०६६ सालदेखि शिक्षक तथा साहित्यकार मलिसा याक्थुङबाको अगुवाईमा यो अभियानको संचालन गर्दै आईरहेको छ ।

यस अघि पान्थर जिल्ला फाल्गुनन्द गाउँपालिका वडा नं. २ याम्बोङमा सत्यहाङमा माध्यमिक विद्यालयमा शुरुवात भएको थियो । त्यस पछि धनकुटा जिल्लाको चौविसे गा.पा. ८ वसन्तटारको सिंहदेवी मा.वि. चौकीभञ्ज्याङ र सुनसरीको धरानको पब्लिक (जनता) उच्च मा.वि.मा संचालन भएको थियो तर हाल यस विद्यालयमा लिम्बू भाषा पठन पाठन संचालन वन्द भएको छ । यसरी नै सरस्वती उच्च मा.वि. माङसेबुङ ५, इलाम, पृथ्वी उच्च मा.वि.कुम्मायक १ यासक पान्थर, याङनाम खलङ्गाटार मा.वि. याङनाम पान्थरमा भने नियमित रुपमा संचालन हुँदै आएको वताए । यसरी नै  ताप्लेजङ फक्ताङ्लुङ गाउँपालिका –३ लिङखिमस्थित सिङवा मा.वि.मा पनि गत बर्षदेखि यो भाषाबाट कक्षा ११, १२ मा पठन पाठन भई रहेको छ ।

यस बर्षदेखि मोरङको केराबारी गाउँपालिका १ पाटीगाउँ स्थित सरस्वती मा.वि.मा पनि सम्बन्धन भई लिम्बू भाषा कक्षा ११ (ऐच्छिक विषय) अध्यापन भई रहेको छ ।

यो कक्षामा कक्षा १० उतिर्ण गरेका वा सो भन्दा माथी अध्ययन गरेको सो कोहीले पनि १०० पूर्णाङ्कको लिम्बू भाषा साहित्य विषयमा (ऐच्छिक विषय)अध्ययन गर्न पाउने प्रावधान रहेको छ ।

 

सम्बन्धित खवर