पुस ९, दमक / हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुदैं आईरहेको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को उपाधि करण राईले जितेको छ ।
शुक्रबार राति प्रसारण भएको ग्रेन्ड फिनलेबाट सबिना योङहाङ, योगेस मगर र साहिल लिम्बूलाई पछि पार्दै टिम राजु लामाबाट राईले ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को उपाधि कव्जा गरेको हो ।
दर्शकको भोटमा आधारमा पथरीशनिश्चरे भुटानी सिबिर क्याम्प हुदै अमेरिका पुगेका राईले भ्वाइस अफ उपाधि जिते सँगै नगद २५ लाख रुपैया बजाजको पल्सर बाईक लगायत थुप्रै पुरस्कारहरु हात पार्न सफल भएका छन् ।
यस्तै टिम राजेश पायल राईबाट भापाकी सबिना योङहाङ फस्ट रनरअप, टिम प्रमोद खरेलबाट झापाका योगेश मगर सेकेन्ड रनरअप र टीम प्रविशा अधिकारीबाट ताप्लेजुङका साहिल लिम्बू थर्ड रनरअप भएका छन् ।