घरेलु बेलडाँगीलाई हराउँदै क्यामरुन सेमिफाइनलमा प्रवेश

दमक / एभनीर फुटबल क्लब क्यामरुन झापाको दमक ३ स्थित बेलडाँगीमा जारी आमन्तृत जयहुँमागाई स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा घरेलु टोली बेलडाँगी युवा क्लब दमकलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पाहुना टोली क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेल सुरु भएको ३ मिनेटमै एभनीर फुटबल क्लब क्यामरुनका कागिनीले गोलको खाता खोल्दै टिमलाई अग्रता दिएका थिए ।

खेलको १७ औँ मिनेटमा क्यामरुनका तिम्बा तिम्बाले दोस्रो गोल गरेभने पहिलो हाफको २७ मिनेटमै स्टेफनले तेस्रो गोल गर्दै टीमको अग्रता तेब्बर पारेका थिए । उनी शुक्रबारको खेलको मेन अफ दी म्याच भए ।

त्यसैगरी खेलको दोस्रो हाफमा बेलडाँगीले केही सन्तुलित खेले पनि थप दुई गोलखान पुग्दा ५–० को फराकिलो गोल अन्तरले पाहुना टोली क्यामरुन शानदारजितका साथ सेमीफाइनल पुगेको हो ।

फराकिलो जित दिलाउन क्यामरुनका सङले क्रमशः ७८ र ७९ औं मिनेटमा गोल गरेका थिए । प्रतियोगिता अन्तरगत उनी अहिलेसम्मकै उच्च गोलकर्ता हुन् ।

यस अघि बुधबार र बिहीबारको खेलमा टाई ब्रेकरबाट कठिन जित निकाल्दैसह्लेश युवा क्लब सिराहा र शान्तिनगर फुटबल क्लब सुनसरी सेमीफाइनलपुगिसकेका छन् ।

शुक्रबारको शानदार जितसँगै क्यामरुनले सह्लेश सिरहासँग सेमीफाइनल भिडन्तपक्का गरेको छ ।

प्रतियोगिता अन्तरगत भोलि शनिबार पहिलो चरणको अन्तिम खेल भारतदार्जिलिङको युके फुटबल क्लब र अमेरिकाको बिवाईएससी मिन्नेसोटाबीच हुने आयोजक जय हुँमागाई स्मृति फाउण्डेसनका अध्यक्ष शिव हुँमागाईले बताए ।

प्रतियोगिताका विजेताले नगद ५ लाख, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भनेउपविजेतले नगद ३ लाख सहित पुरस्कार प्राप्त गर्ने छ ।

उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही २५ हजारसहितपुरस्कार प्राप्त गर्ने छन् भने प्रत्येक खेलका मेन अफ दी म्याचले नगद ५ हजारपुरस्कार प्राप्त गर्ने छन् ।

सम्बन्धित खवर