विर्तामोड, ०६ पौष/ किरात याक्थुङ् चुम्लुङ्ले यस वर्ष नरेन्द्र – कमला स्मृति साहित्य पुरस्कार सेसेमी सेनाल्बोलाई प्रदान गरिएको छ ।
बुधबार कियाचु झापा जिल्ला शाखा समितिको आयोजनामा झापा विर्तामोडस्थित कियाचु चुम्लुङहिममा सम्पन्न जग्गादाता स्वः नरेन्द्र बहादुर आङ्बुहाङको ९५औं जन्मजयन्त तथा पुरस्कार वितरण समारोह कार्यक्रममा कियाचु संघीय सल्लाहकार जीत बहादुर लाओतीको प्रमुख आतिथ्यतामा साहित्यकार सेनाल्बोलाई नरेन्द्र – कमला स्मृति साहित्य पुरस्कार २०७९ सम्मान पत्र प्रदान गरेको हो । लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक प्राज्ञ अर्थ रचना लाओतीले पुरस्कृत सेसेमी से.नाल्बोको जीवन चर्चा गरेकी थिइन ।
कार्यक्रममा कियाचु झापा जिल्ला शाखा भवन जग्गादाता स्वः नरेन्द्र बहादुर आङ्बुहाङको ९५औं जन्मजयन्तीमा आङ्बुहाङको जीवनीवारे चर्चा गरिएको थियो।
दाता स्वः नरेन्द्र बहादुर आङ्बुहाङको संक्षिप्त चिनारी
किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्य समिति झापाको चुम्लुङ् भवन निर्माण गर्नको निमित्त भूमि जग्गादान गर्नुहुने दाता स्वः नरेन्द्र बहादुर आङ्बुहाङको ९५ औं जन्म–जयन्तीको पावन अवसरमा वहाँको संक्षिप्त चिनारी यहाँ चर्चा गरिएको छ । स्वः आङ्बुहाङ्ले विर्तामोड नगरपालिका वडा न १ स्थित सिरिजङगा चोकमा १ कट्ठा ७ धुर जग्गा प्रदान गर्नु भएको छ । जहाँ अहिले किरात याक्थुङ् चुम्लुङ् जिल्ला शाखा झापाको कार्यालय भवन निर्माण गरी सञ्चालन गरिन्दै आएको छ ।
नाम ः नरेन्द्र बहादुर आङ्बुहाङ् लिम्बु
जन्म ः बि.स. १९८४ पुस ६ गते
जन्मस्थान ः साविक हाङ्पाङ्–४, ताप्लेजङ् पल्लो किरात लिम्बुवान
पिता ः सुबेदार धर्मसिं आङबुहाङ् लिम्बु
माता ः मनज्योति आङ्बुहाङ् लिम्बु
स्थायी बसोबास ः वि.स।ं २०३० सालदेखि विर्तामोड–१, (साविक चारपाने–१० चारपाने) झापा
परिवार ः
श्रीमती ः कमला आङ्बुहाङ् लिम्बु
छोराहरु ः महेन्द्र, गजेन्द्र, जयेन्द्र र आनन्द आङ्बुहाङ्
बुहारीहरु ः साबा, लक्की , यसोदा र रेखा आङ्बुहाङ् लिम्बु
छोरी ः पम्फा आङ्बुहाङ् लिम्बु
नातिहरु ः नवराज र मिभास आङ्बुहाङ् लिम्बु
नातिनीहरु ः रेजिना, सृजना, सिखा र श्रद्धा आङ्बुहाङ् लिम्बु
विभिन्न क्षेत्रमा पुर्याउनुभएको सेवा ः
सभापति ः नेपाली काँग्रेस हाङ्पाङ् गाउँ कार्य समिति (तत्कालिन हाङ्पाङ् गाउँ पञ्चायत रहँदा)
प्रधानपञ्च ः तत्कालिन ताप्लेजङ् हाङ्पाङ् पञ्चायत (वि.स।ं २०२० सालदेखि २०३० सम्म)
अध्यक्ष ः कालिका प्रा. वि. हाङ्पाङ् ताप्लेजङ्
अध्यक्ष ः सरस्वती मा.वि. हाङ्पाङ्, ताप्लेजङ्
मनोनित सदस्य ः जिल्ला विकास समिति, तेह्रथुम
सदस्य ः लिम्बुवान सुधार समिति (वि.स २००८)
वहाँले गनुृभएको योगदान ः
कालिका मा.वि. हाङ्पाङ्लाई छात्रावास भवन निर्माण गरी अनुदान प्रदान
किरात याक्थुङ् चुम्लुङ् झापा शाखालाई भवन निर्माण गर्न जग्गादान सहित कार्यालय सञ्चालनार्थ एकवर्षसम्म आर्थिक अनुदान गर्नुभएको ।
सम्मान ः
शिक्षा क्षेत्रमा योगदान गरे वापत अमेरिकन राजदूतावासबाट कदर पत्र
किरात याक्थुङ् चुम्लुङ् झापा शाखाबाट अभिनन्दन वि.स २०५४
परिवाजनबाट थप भूमिसहित आर्थिकदान ः
दिवंगत पिताको आत्माको चीर शान्ति तथा स्मृतिको लागि परिवाजनद्वारा रु. १०,०५००।– बराबरको जमिन उवेलामा किरात याक्थुङ् चुम्लुङ् झापा शाखा रहने भवन निर्माण गरी किरात याक्थुङ् चुम्लुङ् शाखा झापालाई श्रेस्तागत रुपमा अनुदान प्रदान गर्नु भएको छ ।
कार्यक्रम कियाचु केन्द्रीय सदस्यद्धय अमृत योङ्हाङ, डा भीम सुब्बा, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, कियाचु राष्ट्रिय चुम्लुङ सदस्य गुमान सिं सम्बाहाङ्फे, शिव मेन्याङ्बो,जन बहादुर चबेगु, लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक कुलपति/सम्मानित सेसेमी स.नाल्बो लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक प्राज्ञ सचिव तथा पोक्लाबाङ पत्रिका/पोक्लाबाङ न्यूज डट कम सम्पादक डिल्लीश्वर मुसाहाङ अम्याङ्सा, कियाचु विर्तामोड नगर अध्यक्ष हिमालय प्रकाश कन्दङ्वा, दार्जिलिङ कालिङ्पोङ पेरेङगो पत्रिका सम्पादक विशाल नाल्बो, जग्गादाता परिवार माइली बुहारी लक्की थेबे, नाती युवराज आङ्बुहाङ, पालामी अभियन्ता टुपेन्द्र येक्तेन, दमक केलाङ समूह अध्यक्ष बुद्धमाया लाओती लगायतको उपस्थिति रहेको थियो ।
कियाचु झापा जिल्ला शाखा अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कियाचु जिल्ला उपाध्यक्ष काली बहादुर खेवाङले राख्नु भएको थियो भने संचालन कियाचु झापा जिल्ला शाखा सचिव प्रेमचन्द्र लिम्बूले गरेका थिए ।