दुर्दिम्बा, १ पौष / भगवती माध्यमिक विद्यालय दुर्दिम्बाको वि.व्य.स. गठन अध्यक्षमा राम ब. वाजी निर्वाचित गरेको छ ।
शुक्रबार पान्थरको मिक्लाजङ गाउँपालिका वडा नं. ८ दुर्दिम्बा स्थित भगवती माध्यमिक विद्यालयमा वि.व्य.स. गठन पान्थर मिक्लाजङ गाउँपालिका शिक्षा शाखा प्रमुख तिर्थराज मिश्रको उपस्थितिमा शिक्षा ऐन २०२८ को नवौ संशोधन २०७४ को दफा १२ को २ (क) तथा मिक्लाजङ गाउँपालिका शिक्षा ऐन २०७४ को दफा २० को ३ अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः राम बहादुर वाजी लिम्बूलाई सर्व सम्मतबाट चयन गरेको छ । समितिको सदस्यहरुमा क्रमशः रामेश्वर वाजी, नोविम गौतम, प्र.अ. हरि प्रसाद चौलागाई, मनमोहन अधिकारी, रिता कुमारी कार्की, पूर्ण कुमार लाओती, दिल कुमारी खड्का, शिक्षक प्रतिनिधी अन्जना गौतम छनौट भएका छन् ।
यसरी नै भगवती मा.वि. दुदिम्बाको खेलमैदानमा जनप्रतिनिधि/८ नं. वडाध्यक्ष रामेश्वर वाजीको प्रमुख आतिथ्यतामा राष्ट्रिय सेवा दलद्धारा आयोजित प्रशिक्षण तालिममा विभिन्न खेलहरु प्रशिक्षार्थीहरुले प्रदर्शन गर्दै तालिम सम्पन्न भएको वताए।
प्रशिक्षण तालिममा वडा सदस्य/जनप्रतिनिधिहरु नोविम गौतम, जन कुमारी पोख्रेल, सविना वाजी (बराल), विद्यालय जग्गादाता, संस्थापक लक्ष्मी प्रसाद माखिम, तुलाराम लकाई, हेमकर्ण अक्षयकोषदाता हेमकर्ण तुम्सा, विद्यालय पूर्व वि.व्य.स. अध्यक्ष तथा शि.अ.स. अध्यक्षहरु चन्द्र बहादुर चौलागाई, यूवराज थक्सु, गोविन्द खुलाल, कर्ण बहादुर इमेहाङ, पूर्व शिक्षक गंगा प्रसाद कार्की, सिंहदेवी आ. विद्यालय प्र.अ. यम बहादुर वाजी, शक्तिका आ. विद्यालय प्र.अ. श्याम कुमार मगर, धर्मउद्धार आ. विद्यालय प्र.अ. भीमलाल नेपाली, दुर्दिम्बा स्वास्थ्य चौकी इन्चार्च जमुना लकाई खड्का, प्रहरी चौकी दुर्दिम्बा सोमबारे वरिष्ठ हवल्दार लाखधोज राई, अतिरिक्त हुलाक दुर्दिम्बा ईन्चार्च गणेश बहादुर कार्की, सतीखोला सहकारी संस्था लेखा समिति गंगा रेग्मी, नेकपा एमाले वडाध्यक्ष गोपाल तामाङ, नेपाली कांग्रेस वडा सभापति गोविन्द खुलाल, नेकपा माओवादी वडाध्यक्ष मेघराज पङ्याङ्गू, जसपा नेपाल वडाध्यक्ष गंगा प्र. लाओती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च वडाध्यक्ष दल बहादुर तामाङ्,लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय सेवाद्वारा संचालित तालिममा राष्ट्रिय सेवा दलका प्रशिक्षार्थीहरुको प्रदर्शन समेत भएको थियो ।