प्रतिष्ठानद्वारा आयोजित रक्तदान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

दमक/ जनयुद्व शहिद पुष्पराज बस्नेतको ४५औं जन्मदिनको अवसरमा पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित रक्तदान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार झापा दमक १ येहाङनगरस्थित पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठान (बहुप्राविधिक शिक्षालय) को परिसरमा १ न. प्रदेश माननीय कृषि मन्त्री झलक सिं दर्लामी “सन्देश”को प्रमुख आतिथ्यतामा रक्तदान तथा वृक्षारोपण कार्यक्रममा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेश सांसद एवम् एमाले नेता होमवहादुर थापा , दमक नगरपालिका मेयर राम कुमार थापा , उपमेयर रेगिना भट्टराई , दमक नगर प्रमुख प्रसासकिय अधिकृत शशि राई आम्दा अस्पताल मे.सु डा . प्रकाश शर्मा , डा .नवीन ढकाल ,नेका नेता सुरेश सुब्बा , माओवादी नेता गगन पुरी, सन्तोष गौतम,भुमिका कोईराला, नेका नगर सभापति प्रकाश प्रसाईं , सिताराम अधिकारी बेदु गौतम ,कृष्ण गोले, इक्सा सम्बाहाङ्फे, गोपल गुरागाई ,चन्द्र खत्री, दमक वडा -१ वडाध्यक्ष हरि न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
उपस्थित अतिथिहरुले वृक्षारोपण गरेका थिए । वृक्षारोपण पश्चात् रक्तदान कार्यक्रम रहेको थियो । रक्तदान कार्यक्रममा जम्मा ३३ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रम पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठान (बहुप्राविधिक शिक्षालय) अध्यक्ष तिर्थ वस्नेत शंकरको अध्यक्षतामा, संचालन समाजसेवी याम बहादुर राईले गरेका थिए ।
कार्यक्रम विहान ७ वजे देखि १० वजेसम्म संचालन भएको थियो ।