चासोक तङनाम ५०८२ को शुभ कामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम तेह्रथुममा सम्पन्न

तेह्रथुम, २० मंसिर/
लिम्बूहरूको महान चाड चासोक तङनाम ५०८२ सालको शुभ कामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


मंगलबार तेह्रथुमको सदरमुकामस्थित मेयङलुङ बजारमा रहेको किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमको सभाहलमा किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति उपाध्यक्ष टंकमाया तिगेलाको प्रमुख आतिथ्यतामा चासोक तङ्नाम शुभ कामना आदान प्रदान अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लिम्बू संस्कार संस्कृतिविज्ञ तथा जेष्ठ नागरिक दिल बहादुर सोदेम्बा, किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष साम थाम्देन थाङबेन, युमा साम्यो महासभा जिल्ला शाखा तेह्रथुमको अध्यक्ष लाल कुमार पङ्याङ्गु , मेयङ्लुङ नगर कार्यपालिका सदस्य चन्द्रकला लिवाङ, नेपाल आदिवासी जनजाती राष्ट्रिय महासंघ जिल्ला शाखा तेह्रथुमक अध्यक्ष बलदेब तुम्बाहाङफ,े किरात याक्थुङ चुम्लुङ तेह्रथुम सल्लाहकार कृष्णमान तुम्बाहाङफे, ईन्द्र तुम्बाहाङफेले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षता तथा संचालन सचिब राजकुमार तेयुङले गरेका थिए ।

सम्बन्धित खवर