दमक, २३ कार्तिक/आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य आसन्न निर्वाचनको सन्दर्भमा मंगलवार दमक र विर्तामोडमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्य समिति झापाको आयोजनामा सम्पन्न गरिएको निर्वाचन सम्बन्धि छलफल कार्यक्रममा लिम्बु/याक्थुङ्हरुको सहभागिताको वारेमा वक्ताहरुले प्रष्ट पारेका थिए भने कार्यक्रममा उपस्थित विभिन्न तहका उम्मेद्वारहरुले आ–आफ्नो पार्टीले प्रस्तुत गरेका घोषणा पत्रमा आदिवासी जनजातीहरुको अधिकार सुनिश्चितताको व्याख्या गरेका थिए ।

कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ् संघीय उपाध्यक्ष डा. कमल तिगेलाले आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको आसन्न निर्वाचनमा किरात याक्थुङ् चुम्लुङ्ले अघि सारेका एजेण्डा र अपिल पत्रको वारेमा प्रष्ट पार्नुहुँदै राजनैतिक दलहरुले जारी गरेका चुनावी घोषणा पत्रमा समेटेको, नसमेटेको कुरालाई अध्ययन गरेर मात्र आफ्नो मत दिनुपर्ने कुरामा जोड दिनुभयो । वहाँले विभिन्न समयमा राजनेैतिक दलका शिर्षष्थ नेताहरुसँग छलफल गरेर आग्रह गरिएको अनुसार घोषणा पत्रमा उल्लेख गरे, नगरेको अध्ययन भइरहेको कुरा समेत जानकारी गराउनुभयो । अहिलेसम्मको अध्ययन अनुसार लिम्बु/याक्थुङ् जातीको एजेण्डाहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा माओवादी र जसपाले केही समेटेका छन् भने अन्य दल नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा लगायतले आदिवासी लिम्बु/याक्थुङ्हरुको एजेण्डालालई समेट्ने कुनै पनि कुरा उल्लेख नगरेको प्रष्ट पार्नुभयो । प्रदेश नामकरण लगायत धार्मिक, सांस्कृतिक, भाषिक र भूमि सम्बन्धि उठाइएका एजेण्डाहरु आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख नगर्ने राजनैतिक दलका उम्मेद्वारहरुलाई भोट दिनु कुनैपनि अवस्थामा हित नहुने भएकोेले त्यस्ता दलका उम्मेदरवारहरुलाई आफ्नो अमूल्य मत नदिन आग्रह गर्नुभयो । यसपालीको चुनवामा कियाचुले पार्टी र जाती भन्दा माथि उठेर लिम्बु/याक्थुङको एजेण्डामा अडान लिनेलाई जिताऔं भन्ने मूल नारा लिएको कुरा स्पष्ट पार्नुहुँदै पहिचान र अस्तित्व बिरोधी दलका उम्मेद्वारहरुलाई प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा परास्त गर्न पहिचान र अस्तित्व पक्षधरहरु लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।
यसैगरी कियाचु संघीय महासचिव निरन्ती तुम्वापोले किरात याक्थुङ् चुम्लुङ्ले उठाएका ९ बुँदे एजेण्डाहरु संबोधन गर्ने दलका उममेद्वारहरुलाई निर्वाचनमा बिजय गराउन चुम्लुङ् विशेष अभियान चलाइरहेको कुरा बताउनुहँुदै प्रतिनिधि सभा र प्रदेश सभामा लिम्बु/याक्थुङ् जातीको एजेण्डा सहित आदिवासीहरुको पहिचान र अस्तित्व सम्बन्धि एजेण्डालाई संबोधन नगर्ने कुनैपनि दलका उम्मेद्वारहरुलाई बिजय गराएर पठाउनको औचित्य नरहेको कुरा बताउनुभयो । वहाँले प्रतिनिध सभा र प्रदेश सभा सदस्य उम्मेद्वारहरुलाई प्रत्यक्ष तर्फबाट बिजय गराउन नसकेतापनि समानुपातिक तर्फका उम्मे्वारहलाई आफ्नो अमूल्य मत दिएर बिजयी गराउन किरात याक्थुङ् चुम्लुङ्का कार्यकर्ताहरु मतदाताहरुको घर–घरमा पुगेर आव्हान गर्नुपर्न कुरा जोड दिनुभयो । चुम्लुङ्ले निर्माण गरेको चुनवाी अपिल पत्र प्रत्येक मतदाताहरुलाई दिएर सचेत गराई आगामी मङसिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्यको आसन्न निर्वाचनमा सहभागी गराउन समेत निर्देशन गर्नुभयो ।

झापाको दमकस्थित किरात भवनमा सम्पन्न चुनावी छलफल कार्यक्रममा प्रधिनिध सभा सदस्य उम्मेद्वार जसपाका ओममाया आङ्देम्बे, झापा क्षेत्र न. ५ (ख) का प्रदेश सभा सदस्य उम्मेद्वार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धनराज सुब्बा, प्रदेश न.ं १ का समानुपातिक उम्मेद्वार लोसपाका मनकुमारी पंधाक लगायतका उम्मे्वारहरुले आ–आफ्नो दलले जारी गरेको चुनावी घोषणा पत्रमा आदिवासी जातिहरुको हक, अधिकार सुनिश्चतताको ग्यारेण्टी उद्घोष गरेकाले आफूलाई अमूल्य मत दिएर बिजय गराउन हुन अपिल गर्नुभयो ।

कियाचु संघीय उपाध्यक्ष डा. कमल तिगेला र महासचिव निरन्ती तुम्वापोको विशेष उपस्थितिमा दमकमा छलफल कार्यक्रममा जिल्ला सल्लाहकार तथा कियाचु पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लावती, सल्लाहकार सेरबहादुर पतङ्वा, राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाहाङ्फे, कियाचु लिम्बुवान प्रदेश सचिव इक्साहाङ् चेम्जोङ् कियाचु दमक नगर शाखा अध्यक्ष देवेन्द्र चेम्जोङ् लगायत पदाधिकारी, सदस्य, कियाचु कमल गाउँ शाखा अध्ध्यक्ष दिवस लिम्बु लगायत पदाधिकारी, सदस्य लगायतका महानुभावहरुको व्यापक उपस्थिति रहेको थियो ।

यसैगरी विर्तामोडस्थित जिल्ला चुम्लुङ्हिममा सम्पन्न छलफल कार्यक्रममा संघीय लोकतान्धिक राष्ट्रिय मञ्चका झापा क्षेत्र न.ं २ की प्रतिनिधि सभा सदस्य उम्मेद्वार रेश्मा चेम्जोङ्, झापा क्षेत्र न.ं २ (क) का प्रदेश सभा सदस्य उम्मेद्वार कसम खवास लगायतका उम्मेद्वारहरुले आदिवासी जाती लिम्बु/याकथुङको साझा संस्था कियाचुले उठाएका एजेण्डाहरुलाई आफ्नो पार्टीले विशेष संबोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो मत दिई बिजय गराउन हुन आग्रह गर्नुभयो ।
विर्तामोडमा आयोजित कार्यक्रममा राष्ट्रिय चुम्लुङ् सदस्य शिवकुमार मेन्याङ्वो, कियाचु प्रदेश सचिव इक्साहाङ् चेम्जोङ, जिल्ला सल्लाहकार तथा पूर्व जिल्ला अध्यक्ष भक्त खेवाङ्, विर्तामोड नगर अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा लगायतका महानुभावहरुको व्यापक उपस्थिति रहेको थियो ।

कार्यक्रममा कियाचु संघीय कार्य समितिको तेस्रो बैठकले राष्ट्रिय चुम्लुङ् सदस्य पदमा मनोनित गरेका झापा शिवसताक्षी नगर पालिका वडा न.ं ८ निवासी शिवकुमार मेन्याङ्वोलाई संघीय उपाध्यक्ष डा. कमल तिगेलाले पदीय जिम्मेवारीको सपथ ग्रहण गराउनुभएको थियो ।

कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कालीबहादुर खेवाङ्ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव प्रेमचन्द्र लिम्बुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।