फाल्गुनन्द सभागृह नाम राख्न माग

दमक, १७ कातिक / १६औं राष्ट्रिय विभूति फाल्गुनन्दको नाममा फाल्गुनन्द सभागृहको नाम राख्न माग गरिएको छ ।

बुधबार दमक नगरपालिकाका प्रमुख रामकुमार थापालाई एक ज्ञापन पत्र बुझाउँदै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको नाममा शिल्यान्यास गरिएको भवन उहाँकै पालामा नाम परिवर्तन गरी दमक सभागृह बनाएकाले राष्ट्रिय विभूति प्रति अपमान गरेको भन्दै गुनासो पोखेका छन् । नाम नसच्याए चरणबद्व आन्दोलन गर्ने चेतावनी दिँदै किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले ज्ञापन पत्र बुझाउनु भएको छ ।

उहाँका अनुसार शुरुमा फाल्गुनन्द सभागृह नामाकरण गरेर पुन एमाले पार्टीकै सरकार भएको वेला दमक सभागृह नामाकरण गर्नुले किरातीहरुको महागुरु प्रदेश नम्बर एक कै राष्ट्रिय विभूतिको अपमान गरेको उहाँले बताए ।

दमक नगरपालिकाको वडा नं. ९ मा ३२ करोड लगानीमा हालै निर्माण भएको प्रदेश नम्बर एकै नमूना भवनको नाम शिल्यान्यास गरेको वेला राखिएको नाम फाल्गुनन्द नै राख्न माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख थापाले कार्यपालिका वैठकमा कुरा राखी नाम सच्चाउन पहल गरिने बताउनु भएको छ ।