कियाचु झापाको लारिङगेक् नाम्लिङगेक् कार्यक्रम समापन

दमक, १२ कातिक/ किरात याक्थुङ् चुम्लुङ् झापा कार्य समितिको आयोजनामा खेलिएको लारिङगेक् नाम्लिङगेक कार्यक्रम शुक्रवार साँझ समापन गरेको छ ।


शुक्रवार दमक नगरपालिका वडा न. १ सिरिजङ्गा टोल स्थित येहाङनगरमा कियाचु संघीय सदस्य इक्सा सम्बाहाङ्फेको प्रमुख आतिथ्यमा विशेष कार्यक्रमका साथ समापन गरिएको हो ।

समापन कार्यक्रममा प्रमुख अतिथि सम्बाहाङ्फे, कियाचु लिम्बुवान प्रदेश समिति सल्लाहकार, लिम्बु भाषा साहित्य प्रतिष्ठान दमक कुलपति सेसेमी सेनाल्वो, कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ्, दमक नगरपालिका वडा न.ं १ सिरिजङगा टोल अध्यक्ष चाँदनी सेर्मा, साहित्यकार रचना लाओती लगायतले वालिहाङ् तङ्नाम ५०८२ को शुभकामना राखेका थिए ।

कियाचु झापा जिल्ला शाखा अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा लारिङगेक् नाम्लिङगेक कार्यक्रम कियाचु झापाका उपाध्यक्ष कालीबहादुर खेवाङ्ले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।

कातिक ८ गते झापा दमकबाट प्रारम्भ भएको लारिङगेक् नाम्लिङगेक दमक, गौरादह, कमल, कनकाई, विर्तामाड, बाह्रदशी, मेचीनगर, अर्जुनधारा र भद्रपुर नगरपालिकामा मैत्रीपूर्ण रुपमा खेलिएको थियो । विभिन्न क्षेत्रमा खेलिएको लारिङगेक् नाम्लिङगेक कार्यक्रमबाट १ लाख ८० हजार आर्थिक सहयोग सङ्कलन भएको अध्यक्ष सेसेहाङ् फियाकले वताए ।

सङकलन भएको रकम संस्थागत विकास र मानवी हितका लागि खर्च गरिने जनाएको छ । झापा जिल्ला भरिका कियाचु नगर र गाउँ शाखाको व्यवस्थापनमा वालिहाङ् तङ्नाम – ५०८२ को उपलक्ष्यमा शहर र गाउँ निवासी आम लिम्बू/याक्थुङ्हरुलाई कियाचु जिल्ला शाखाले निर्माण गरेको शुभकामना कार्ड वितरण गर्दै सो लारिङगेक् नाम्लिङगेक खेलिएकोे पनि जनाइएको छ ।

स्मरण रहोस्, यस वर्ष किरात याक्थुङ् चुम्लुङ् झापा जिल्ला कार्य समितिको आयोजनामा आयोजित वालिहाङ् तङ्नाम–५०८२ को पावन अवसरमा मैत्रीपूर्ण लारिङगेक् नाम्लिङगेक कार्यक्रमले विभिन्न नगर र गाउँ शाखासँग मित्रवत सम्बन्ध प्रगाढ हुनुका साथै संस्थागत सुदृढिकरणमा विशेष महत्व रहन गई वलिहाङ् तङ्नामको उजागरण भई सांस्कृतिक पर्वको महत्व समयानुकुल बढ्दै आएको प्रति कियाचु विशिष्ठ संरक्षक सदस्य रूद्र सम्बाहाङफे, कियाचु संघीय सदस्य अमृत योङ्हाङ्, राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाहाङ्फे, जिल्ला सल्लाहकार तथा विर्तामोड नगरपालिका वडा न.ं ६ का अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, जिल्ला सल्लाहकार तथा कियाचु पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लाओती, जिल्ला सल्लाहकार तथा पत्रकार विष्णु सुब्बा, जिल्ला सल्लाहकार पदम बहादुर हुक्पा चोङ्वाङ्, जिल्ला उपाध्यक्ष काली बहादुर खेवाङ्, जिल्ला सचिव प्रेमचन्द्र लिम्बू, जिल्ला सदस्यहरु धर्म लक्सम्बा, शर्ण लोवा, सर्मिला आङ्देम्बे, रुद्र तवेबुङ्, योगचन्द्र आङ्बोहाङ्, भक्त मेन्याङ्वो, जे.वि. काम्बाङ्, दमक नगर शाखा अध्यक्ष देवेन्द्र चेम्जोङ्, गौरादह नगर शाखा अध्यक्ष राजकुमार माखिम, कनकाई नगर शाखा अध्यक्ष प्रेम फोम्बो, मेचीनगर नगर शाखा अध्यक्ष धनप्रसाद केरुङ्, अर्जुनधारा नगर शाखा अध्यक्ष तिलसिं माङ्मु, भद्रपुर नगर शाखा का.वा. अध्यक्ष मुना इजम (कन्दङ्वा), बाह्रदशी गाउँ शाखा अध्यक्ष केशर बहादुर लिबाङ्, कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बु, नेपाल आदिवासी पत्रकार महासंघ झापा अध्यक्ष भूमिका फियाक, मेचीनगर नगर शाखाका पूर्व अध्यक्ष हर्क फियाक, कियाचु संरक्षक सदस्य मनप्रसाद आङदेम्बे, नेपाल आदिवासी जनजाती महासंघ मेचीनगर नगर समन्वय परिषद् अध्यक्ष ओमप्रकाश खापुङ्, विर्तामोड नगरपालिका वडा न.ं ४ कि कियाचु सदस्य अमृता इधिङ्गो (ताप्मादेन) लगायतका महानुभावहरुले खुशी व्यक्त गर्नु भई वालिहाङ् तङ्नामको शुभकामना व्यक्त गरे ।

वालिहाङ् तङ्नाम–५०८२ को सन्दर्भमा कियाचु झापालाई आर्थिक सहयोग प्रदान गर्नुहुने सम्पूर्ण झापाबासी आमा बुबा, दाजु भाइ दिदी बहिनीहरमा किरात याक्थुङ् चुम्लुङ् झापा शाखाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै अध्यक्ष फियाकले लारिङगेक् नाम्लिङगेक कार्यक्रम समापन गरेको जनाइएको छ ।

सम्बन्धित खवर