लिम्बू कथानक चलचित्र ’लोजिमा’ को छायांकन हुँदै

काठमाडौ / लिम्बू कथानक चलचित्र ’लोजिमा’ को धमाधम छायांकन भइरहेको छ ।

गत कातिक ३ गतेबाट सिक्किमको सोमबारे, दाराम्देन, थर्पु, छायाँताल, बर्मेक, स्काइपार्क पेलिङ, बुद्धपार्क राभालाङ, जोरथाङ लगायत सिक्किमको विभिन्न रमणीय एवम् पर्यटकीयस्थलहरुमा भरहेको चलचित्रलाई सागर सुब्बाले निर्देशन गरिरहेको छ । लिम्बू संस्कार संस्कृति तथा प्रेम कथामा आधारित चलचित्रलाई सागर केरुङ्ले लेखेका हुन् ।

पाथीभरा च्यानलको व्यानरमा निर्मित चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहाय निर्देशक दिपक अधिकारी, नृत्य निर्देशक सुस्मा योन्जन, छायांकन रबिन्द्र बराल, शृङ्गार नरेश खरेल, शब्द÷संगीत आशाहाङ आङ्बोको रहेको छ भने मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ ।

चलचित्र लोजिमा निकै राम्रो बन्नेमा निर्माता आङ्बो उत्साहित देखिन्छ । यस अघि निर्देशक सुब्बाले नेपाली चलचित्र निष्ठुरी मायालु र शेर्पा चलचित्र कुसुम निर्देशन गरेका छन । लेखक करुङको लोजिमा १३औँ स्कृप्ट हो । केरुङ्ले यसअघि लिम्बूहरुको सबैभन्दा धेरै पुरस्कार जित्न सफल चलचित्र के लेखन/निर्देशन गरेका छन भने साम, हेल्लुक्वा, रित, नाहेन, थिम, थेत्लङ, पुङ्साम, तुम्याहाङ, अम्लारी फुङ लगायत दर्जनौं चलचित्र लेखेका छन ।

निर्माण प्राविधिक टिम समेत राम्रो भएकोले निर्देशक सुब्बा समेत लोजिमा उत्कृष्ट बन्नेमा विस्वस्त छन । आगामी कातिक भरिमा छायांकन सम्पन्न गर्न लागिएको चलचित्रमा आशाहाङ आङ्बो, विमला खजुम, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साराहाङमा पंधाक, सेरिना राई, बिनि सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पंधाक, सन्जन सुब्बा, देवि लिम्बू,चन्द्रकला सांवा लगायत रहेकाछन । चलचित्र लोजिमा आगामी कक्फेवा तङ्नाम माघे संक्रान्तिसम्ममा प्रदर्सन हुने निर्देशक सुब्बाले बताए ।