प्रितिका बेघाको पहिलो गीत ‘तिम्रो साथ’ भिडियो सार्वजनिक

दमक, ८ कातिक / द भ्वाईस अफ नेपाल सिजन ४ मा प्रतिस्पर्धि भएसँगै चर्चा बटुली रहेकि उम्दा गायिका प्रितिका बेघा लिम्बूको मनछुने पहिलो गीत ‘तिम्रो साथ’ सार्वजनिक गरिएको छ ।

कान्छा बाजेको शव्दमा गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीत रहेको मर्मस्पर्शि गीत ‘तिम्रो साथ’ एकान्त आङदेम्बे लिम्बूको अफिसियल युट्यूव च्यानलबाट मंगलबार सार्वजनिक गरिएको हो ।

पदाम रजान मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् । छायांकन सम्पादन चित्र मिडियाको रहेको भिडियोमा पोष्टर डिजाईन चुजन स्टुडियोको रहेको छ ।

द भ्वाईस अफ नेपाल सिजन ४ को व्याटल राउण्डबाट बाहिरिएसँगै शुभचिन्तकहरुको माया अनि साथ बटुली रहेकि प्रितिका बेघाले यो मेरो पहिलो कोसेली भएकोले माया, सपोर्ट अनि प्रतिकृया दिनुहोला भन्दै सामाजिक सञ्जालबाट आग्रह समेत गरेकी छन् ।

हेर्नुहोस भिडियो …

सम्बन्धित खवर