माङ्सेबुङ नेनेदेनमा प्रथम अठासी गोल्डकप २०७९ हुने

  • मुसाहाङ अम्याङसा

दमक,७ कातिक/ लालीगुँरास यूवा क्लवको आयोजनामा प्रथम अठासी गोल्डकप २०७९ आयोजना हुने भएको छ ।

सोमबार पत्रकार मञ्च दमक झापाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा लालीगुँरास यूवा क्लव नेनेदेन मझुवा माङ्सेबुङ गा.पा. ५ इलामको आयोजनामा १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुन्द लिङ्देन ज्यूको १३८औं जन्मजयन्तीको अवसरमा प्रथम अठासी गोल्डकप २०७९ नेनेदेन निङ्बोदेन खेलमैदानमा प्रतियोगिता आयोजना गरिने आयोजक क्लवले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगिता खेल आगामी २०७९ कातिक १८ गते देखि २५ गते सम्म संचालन हुने भएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ सय १ रूपैयाँ पुरस्कार सहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १ सय १ रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।
प्रतियोगिताअन्तर्गत सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट टिम कोचले समान नगद ३ हजार रुपैयाँ पुरस्कार पाउने छन् भने सबै खेलका मेन अफ द म्याच हुने खेलाडीलाई नगद पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने लालीगुँरास यूवा क्लव अध्यक्ष गजिन्द्र योङहाङले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

खेलमा प्रवेश शुल्क नगद ३ हजार ५ सय ५१ रुपैयाँ रहेको, खेल ९ साइटको हुनेछ, ड्रेस, जर्सी र बुट अनिवार्य हुनुपर्ने, टिम दर्ताको लागि अन्तिम मिति २०७९ कातिक १६ गतेसम्म मात्र रहने आयोजकले वताए

सम्बन्धित खवर