डुक साङाक थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको पत्रकार सम्मेलन सम्पन्न

दमक, ७ कातिक २०७९/  डुक साङाक थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको पत्रकार सम्मेलन आज सम्पन्न भएको छ ।

सोमबार झापा दमकस्थित पत्रकार मञ्च दमकको कार्यालयमा पत्रकार सम्मेलन गरी नेपाल झापा जिल्ला दमक न.पा. ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा विगत सन् १९९७ साल देखि संचालन हुँदै आएको डुक साङाक थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको हाल पुनः निर्मित गरी शक्तिपिठ गुम्बालाई ल्हावाब दुछेन Buddha,s Decent Day को सु–अवसरमा पारी विधिवत रुपमा देवराली गुम्बा सिक्किमका (छोगत्रुल कुन्जाङ तेन्पाई ग्याल्छेन रिन्पोछे) Chhogtrul Kunzang Tenpai Gyeltshen Rinpoche ज्यूको हस्तवाहुलीमा आगामी २०७९ कातिक २९ गते 15 November 2022 का दिन विहान ८ः ३० वजे डुक साङाक थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको समुद्घाटन हुने आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलन मार्फत विश्वभरका परोपकारीदाताहरु, बौद्ध धर्मावलम्बी मित्रहरु र हाम्रा शुभचिन्तक महानुभावहरुको नैतिक, वैचारिक, आर्थिक तथा श्रम सहयोगमा यस ऐतिहासिक बौद्ध शक्तिपिठ गुम्बाको निर्माण कार्य सम्पन्न गर्न पाउँदा सौभाग्यशाली महसुस गरेको अध्यक्ष राजमान गुरुङले वताए ।

उद्घाटन पछि (छोगत्रुल कुन्जाङ तेन्पाई ग्याल्छेन रिन्पोछे/अवतारी) Chhogtrul Kunzang Tenpai Gyeltshen Rinpoche द्धारा वाङ अभिषेक ग्रहण साथै पोखरा नेपालका खेन रिन्पोछे श्री लामा (थुप्तेन हिसे) द्धारा प्रवचन हुने भएको छ ।

कार्यक्रम 16/17 November 2022 मा खेम्पो श्री लामाको प्रवचनमा धर्मापाला पूजा हुने कार्यक्रम तालिम समेत सार्वजजिक गरेको सम्मेलनबाट पूजा तीन सम्म संचालन हुने जनाईएको छ ।

डुक साङाक थार्पालिङ सार्वजनिक बौद्ध गुम्बा निर्माण गर्न करिव ४५ लाख रुपैयाँ बराबरको वजेटमा सम्पन्न भएको वताए ।

सम्बन्धित खवर