झापामा वालिहाङ् तङ्नामको शुभ–कामना आदान–प्रदान

विर्तामोड/ किरात याक्थुङ् चुम्लुङ् जिल्ला झापा शाखाले वालिहाङ् तङ्नामको अवसरमा शुभकामना आदान–प्रदान
चुम्लुङ्हिममा सम्पन्न गरेको छ ।


शनिवार विर्तामोडस्थित किरात याक्थुङ् चुम्लुङ् जिल्ला शाखा झापाको आयोजनामा किरात याक्थुङ् चुम्लुङ् संघीय सदस्य अमृत योङ्हाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि योङ्हाङ्, जिल्ला सदस्यहरु, कियाचु विर्तामोड नगर अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, कियाचु कनकाई नगर शाखा अध्यक्ष प्रेम फोम्बो, कियाचु अर्जुनधारा नगर शाखा अध्यक्ष तिलसिं माङ्मु, कियाचु बाह्रदशी गाउँ शाखा अध्यक्ष केशरबहादुर लिवाङ् लगायतका महानुभावहरुले लिम्बु/याक्थुङ् जातिहरुको चाडहरुमध्ये वालिहाङ् तङ्नाम पनि एक हो भनि चर्चा गर्दै नगर, गाउँ र वडाहरुमा नाम्लिङगेक–लारिङगेक खेल्नुपर्ने कुरामा जोड दिँदै वक्ताहरुले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कियाचु जिल्ला अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष कालीबहादुर लिवाङ्ले राखेका थिए भने संचालन जिल्ला सचिव प्रेमचन्द्र लिम्बुले गरेका थिए ।

स्मरण रहोस् कार्यक्रममा आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा लिम्बु/याक्थुङ् जातिहरुको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ् चुम्लुङ्ले निर्माण गरेको एजेण्डाहरु र अपिल–पत्र प्रत्येक लिम्बु/याक्थुङ् जातिको घर–घरमा पु¥याएर सचेत गराई आफ्नो अमूल्य मत जाहेर गर्न आव्हान गर्ने समेत वक्ताहरुले जोड दिनु भएको थियो ।