- राजकुमार तेयुङ,
तेह्रथुम, १५ असोज/ जेष्ठ नागरिक दिवस तेह्रथुममा आज सम्पन्न गरेको हो ।
शनिबार तेह्रथुम उद्योग वाणिज्य संघको सभाहलमा जिल्लाको पहिलो भु.प.ु संसद जेष्ठ नागरिक तेजमान तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिकहरूलाई सद्धैव सम्मान गरौ,जेष्ठ नागरिकहरप्रति गरिने दुव्र्यवहार वन्द गरौ भन्ने मुल नाराका साथ ३२औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस सम्पन्न भएको हो ।
कार्यक्रममा मेयङ्लुङ नगरपालिकाको उपमेयर जमुना कार्की सुबेदी, जिरिखिम्ती बृद्ध विश्राम परोपकार समाज अध्यक्ष कुल बहादुर प्रधान, जिरिखिम्ती बृद्ध विश्राम परोपकार समाज सचिब सुविन्द्र थेगुवा सोदेम्वा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जेष्ठ नागरिक जिल्ला संघ तेह्रथुम उपाध्यक्ष प्रेम शंकरको अध्यक्षमा सम्पन्न भएको हो।