लुङ्धुङ् टोलको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,अध्यक्षतामा राई निर्वाचित

इछिङसा सङबाङफे

दमक, ८ असोज/ लुङ्धुङ् टोल विकास संस्थाको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिवार झापाको दमक नगरपालिका वडा नंं. १ येहाङ्नगरस्थित पुष्प धीरेन्द्र कलेजको हलमा सम्पन्न दमक नगरपालिका वडा नंं. १ का जनप्रतिनिधि वडा सदस्य राजकर्ण राईको प्रमुख आतिथ्यतामा सम्पन्न संस्थाको पाँचौं वार्षिक साधारणसभाले याम बहादुर राईको अध्यक्षतामा विधानत तीन सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको सचिवमा दुर्गादेवी तुम्सा र कोषाध्यक्षमा फुङमा तुम्रोक निर्वाचित भएका छन् ।

त्यसै गरी संस्थाको पाँचौं वार्षिक साधारणसभाले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकारमा क्रमशः सेसेमी सेनाल्बो, माइतराज कुरुम्भङ राजेश, दिल बहादुर कुरुम्बाङ, डिल्लीश्वर मुसाहाङ र तिलक फागो रहेका छन् ।

कार्यक्रममा लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक कुलपति सेसेमी सेनाल्बो, चुलाचुली २ इलामको जननिर्वाचित वडा सदस्य माइतराज कुरुम्भङ, सिरिजङगा टोल विकास संस्था अध्यक्ष चाँदनी सेर्मा, समाजसेवी घनेन्द्र चेम्जोङ, चन्द्र प्रकाश पौड्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बन्द सत्रमा उपस्थित सभाले ११ बुँदे प्रस्तावहरु सहित संस्थाको अध्यक्षको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्व सम्मतबाट पारित गरेको अध्यक्ष राईले वताए ।

कार्यक्रम लुङ्धुङ् टोल विकास संस्था अध्यक्ष याम बहादुर राईको अध्यक्षतामा, स्वागत मन्तव्य सदस्य धनराज तामाङ (सन्दिप) ले राखेका थिए भने संस्थाको सचिव डिल्लीश्वर मुसाहाङले संचालन गरेका थिए ।

लुङधुङ टोल विकास संस्थामा आवद्ध सेयर सदस्यहरुको संख्या १०२ घर रहेको छ ।