साङ्धुङगे मासेरेङ् यक सङ्जुम्भो तदर्थ समितिको प्रथम पूर्ण बैठक सम्पन्न

  • पोक्लाबाङ न्यूज

धरान, ३१ भदौ / साङ्धुङगे  मासेरेङ् यक सङ्जुम्भो तदर्थ समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ ।

विहिवार संघीय लोकतान्त्रिक मञ्च संघीय लिम्बुवान मञ्च नेपाल सुनसरी जिल्ला समिति धरानको पार्टी कार्यालयमा सेरेङ् वंशको छाता संगठन साङ्धुङगे  मासेरेङ् यक सङ्जुम्भो तदर्थ समितिको प्रथम पूर्ण बैठकले ४ वटा महत्वपूर्ण निर्णय सहित ऐतिहासिक बैठक सम्पन्न गरेको छ ।

पूर्ण बैठकले साङ्धुङगे मासेरेङ् यक सङ्जुम्भो तदर्थ समिति संयोजक सेसेमी सेरेङ नाल्बोको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरेको छ । सो तदर्थ समितिको सह–संयोजकमा प्रेम सेरेङ मादेन, सचिवमा उत्तमकुमार सेरेङ लिङथेप, कोषाध्यक्षमा पञ्चबहादुर सेरेङ साम्याङखाम र सदस्यहरुमा क्रमशःडम्बरबहादुर सेरेङ केदेम, सेरबहादुर सेरेङ केदेम, मानबहादुर सेरेङ चोङ्बाङ, इन्द्रप्रसाद सेरेङ नाल्बो, सोम सेरेङ मादेन, चैतन्य सेरेङ केदेम, हरि सेरेङ हाङगाम, सुकलाल सेरेङ हाङगाम, बलबहादुर सेरेङ लङवा, छत्रबहादुर सेरेङ लङवा, विक्रम सेरेङ तुम्बाहाङफे, चन्द्रमणि सेरेङ तुम्बाहाङफे, मेघराज सेरेङ चोङ्बाङ, चन्द्रहाङ सेरेङ लिङथेप, केशव सेरेङ साम्याङखाम रहेको तदर्थ समिति सचिव उतम लिङ्थेपले वताए ।

साङ्धुङगे  मासेरेङ् यक सङ्जुम्भो तदर्थ समिति संयोजक सेसेमी से.नाल्बोको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

संस्थाको मुुख्य उद्धेश्य साङधुङगे सेरेङहाङ वंशका ९ थरी दाजुभाइहरूलाई संगठित गरी भाइचारा सम्बन्ध व्यवस्थित गर्न एउटा छाता संगठन निर्माण गरेको मिक्वाखोलाका साङधुङगे वंशको इतिहास तथा वंशावली लेखनमा सहजीकरण गर्नु रहेको छ ।