मेयङलुङ, २७ भदौं / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च जिल्ला कार्य समिति तेह्रथुमले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश निर्वाचनको लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेद्धारहरुको सिफारिस गरेको छ ।
सोमबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तेह्रथुम जिल्ला स्तरीय बसेको बैठकले उक्त नामहरु केन्द्रमा सिफारिस गरेको हो । जिल्लामा सर्व सहमति जुट्न नसके पछि उम्मेदवारको नाम केन्द्रलार्इ टुंगो लगाउन सिफारिस गरेको हो ।
गत ७४ सालको निर्वाचनमा तेह्रथुमको तेस्रो पार्टी बनेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च यस पटक भने राम्रै प्रभाव कायम गर्ने अनुमान गरेको छ । तेह्रथुममा यस भन्दा अघि नेकपा एमालेले जितेको थियो । यस पटक भने गठबन्धन दल, कम्युनिष्ट र पहिचानवादी दलको त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिनिधि सभा प्रत्यक्ष तर्फबाट, सेसेहाङ हुक्पा चोङबाङ , विजय निङ्लेखु, संकर खेवाहाङ समानुपातिक तर्फ कुमार संकर निर्वाचन क्षेत्र क प्रत्यक्ष तर्फ देवी नारायण सम्बाहाङ्फे र दिल पाक्साङ्वा समानूपातिक तर्फ योगे्द्र साङ्वा र इन्दु आङ्खेवाहाङ (सम्बाहाङ्फे) निर्वाचन क्षेत्र ख प्रत्यक्ष तर्फ तिलविक्रम हुक्पा चोङबाङ र विकास इङनाम समानुपातिक तर्फ सुष्मा कन्दङवा, सुबास लुम्फुङवा र राम इङनामलाई सिफारिस गरिएको जिल्ला समिति तेह्रथुम बरिष्ठ उपाध्यक्ष राजकुमार खापुङले वताए ।