- राजकुमार तेयुङ
तेह्रथुम २५ भदाै/ तेह्रथुम चोलुङ,मेन्छ्यायेम, असाङलुङ,सेसेलुङ,फक्ताङलुङ,केलाङ सित्लाङ मुन्धुमी मार्ग तेह्रथुम देखि ताप्लेजङ सम्मनका मुन्धुमी स्थलहरूकाे भ्रमण तथा अवलोकन गरि अाईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएकाे छ।

२०७९ भदाै १२ गतेदेखि २४ गतेसम्म मुन्धुमी स्थलहरूकाे भ्रमण तथा अवलोकन तेह्रथुमको बसन्तपुरबाट सुरू भएकाे चोलुङ,मेन्छ्यायेम, असाङलुङ,सेसेलुङ,फक्ताङलुङ,केलाङ सित्लाङ मुन्धुमी मार्ग १२ दिनसम्मकाे रहेकाे थियाे। मुन्धुमी पदमार्गमा लालीगुरास नगरपालिकाकाे प्रमुख तथा मुन्धुमविज्ञ अर्जुन मावुहाङ ,लालीगुरास नगरपालिका प्रबक्त तथा ७ न वडा अध्यक्ष देबिन्द्र खडका,बनस्पतीविज्ञ दिपक खडका, वातावरण विज्ञ कमल मादेन, पर्यटक पत्रकार बिराट अनुपम, फाेटाे पत्रकार जीवन श्रेष्ठ बिरन्ते लगायत २३ जनाकाे टाेली मुन्धुमी पद मार्गमा निस्कीन्नु भएकाे थिए।
लालीगुरास नगरपालिकाकाे नगर प्रमुख अर्जुनबाबु मावुहाङले प्रर्याटन प्रबर्दनलाई अगााडी कसरी बढाउन सकिन्छ भन्ने उदेश्यले पूर्बमा,चोलुङ,मेन्छ्यायेम, असाङलुङ,सेसेलुङ,फक्ताङलुङ,केलाङ सित्लाङ मुन्धुमी पद मार्ग सुरू गरिएकाे बताउनुभयाे ।
लालीगुरास नगरपालीकाका प्रबक्त तथा ७ न वडा अध्यक्ष देबिन्द्र खडकाले ४१ सय ५० किलाेमिटरकाे उचाईमा लालीगुरास नगरपालिकाकाे कार्य समितीले रेकटेड बैठक बसी यस क्षेत्रमा के कसरी लालीगुरास नगरपालिकाले के गर्नसक्छ भन्ने बिषयमा छलफलमा गरिएकाे बताउनुभयाे।
लालीगुरास नगरपालिकाकाे प्रमुख प्रशासकीय सबिना श्रेष्ठले सम्मुर्ण यात्रा हाेलीकाे यात्रा टाेलीलाई धन्यबाद दिनुभयाे।वातावरण विज्ञ कमल मादेनले यस पदमार्गमा नेपालमा पाउने लालीगुरासहरू ३४ प्रजाती मध्ये ३० प्रजातीका लालीगुरासहरू यस पद मार्गमा पाएकाेले पदमार्ग पर्याटनकाे प्रचुल सम्भाबना रहेकाे बताउनुभयाे। बनस्पतीविज्ञ दिपक खडकाले समुन्द्र सतहबाट २ हजार किलाे देखि ४ हजदेखी ८ सय किलाे मिटर सम्मकाे उचाईमा रहेकाे यस ठाउलाई पर्याटनकाे सम्भाबना रहेकाे बताउनुभयाे र पयर्टक पत्रकार बिराट अनुपमले अाफ्नाे यात्राकाे अनुभव सार्वजनिक गर्नुभयाे।
लालीगुरास नगरपालिकाकाे अायाेजनामा चोलुङ,मेन्छ्यायेम, असाङलुङ,सेसेलुङ,फक्ताङलुङ,केलाङ सित्लाङ मुन्धुमी पदमार्ग मुन्धुम यात्राकाे पत्रकार सम्मेलन गरेकाे हाे।
पत्रकार सम्मेलन लालीगुरास नगरपालिकाकाे प्रमुख अर्जुन मावुहाङकाे अध्यक्षता सम्मन्न भएकाे हाे।