कियाचु कमल शाखाको दोस्रो गाउँ अधिवेशन सम्पन्न अध्यक्षमा दिवस निर्वाचित

दमक,२५ भदौं । किरात याक्थुङ चुम्लुङ (कियाचु) कमल शाखाको दोस्रो गाउँ अधिवेशन सम्पन्न भएको छ ।

भदौ १८ गते सम्पन्न किरात याक्थुङ चुम्लुङ (कियाचु) कमल शाखाको दोस्रो गाउँ अधिवेशनले दिवस लिम्बूको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा, सचिवमा, सह–सचिवमा र कोषाध्यक्षमा क्रमशः मावोहाङ् अमर लिम्बू, शुकबहादुर लाओती, बविन आङ्देम्बे र शान्ता लाओती लिम्बू चयन भएका छन् भने सदस्यहरुमा रामकुमार लिम्बू, सुमन सोदेम्बा, सुरेन्द्र आङ्देम्बे, दिलकुमारी राई आङ्देम्बे, खगेन्द्र आङ्देम्बे, छत्र सावदेन, अनुशा लाबुङ् र भिमबहादुर लाओती चयन भएका छन् । बाँकी सदस्यहरु गाउँ कार्य समितिको पहिलो बैठकले मनोनयन गरी २१ सदस्यीय कार्य समिति गठन गरेको हो ।
नवनिर्वाचित समिति पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिति संयोजक सेसेहाङ् फियाक लिम्बूले पदीय जिम्मेवारीको सपथ ग्रहण गराएका थिए भने निर्वाचित प्रमाण–पत्र समेत प्रदान गरिएको थियो ।


कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लिम्बूले पदीय प्रतिवद्धता मन्तव्य राखेका थिए भने कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, निर्वतमान अध्यक्ष पुण्यकुमार सम्बाहाङ्फे, सल्लाहकार बलनाथ नाल्वो लगायतकाले बधाई ताथ शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम निर्वाचन समिति सदस्य सूर्य यक्पाङ्देनले सञ्चालन गरेका थिए ।