झापा जिल्ला अन्तर विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न

दमक ,भदौं २३ /  निजी तथा आवासीय विद्यालय अग्रनाइजेसन नेपाल (प्याब्सन)ले झापा जिल्ला भित्रका अन्तर विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न गरेको छ ।


विहिवार दमक ५ स्थित सर्वीदय अंग्रेजी माविमा भएको उद्घाटनमा दमक,विर्तामोड,कन्काई लगायतका जिल्ला भरिका निजी विद्यालयहरुले विद्यार्थीको चौतर्फी ज्ञानको वृद्धिको लागि प्याब्सन झापाले अन्तर विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न गरेको हो ।
कार्यक्रममा बोडिङ विद्यालयहरु दोहोरो करको मार रहेको निजी विद्यालयका प्रतिनिधि एवम् सरोकारवालाले त्यसलाई हटाउन माग गरेका छन् ।

सरोकारवालाहरु प्याब्सनका सल्लाहकार एल डी राई ,इष्टु झापा अध्यक्ष हेमराज खतिवडाले निजी विद्यालयलाई दोहोरो तेहोरो करवाट मुक्त गर्न स्थानीय सरकारलाई ध्यानकर्षण गरेको थियो । कार्यक्रममा दमक नगरपालिका नगर उप प्रमुख रेगिना भटराई प्रसाईले परिवारको पहिलो पाठशाला घर भएको हुँदा निजी विद्यालयले उल्लेख योगदान पु¥याएको बताए ।
कार्यक्रममा कविता बाचन तथा लेखन,चित्रकला प्रतियोगिता, निबन्ध लेखन र हाजिरी जवाफ लगायतका प्रतियोगितामा विजेताहरुलाई पुरस्कृत गरेको प्याब्सन नगर समिति नविन योगीले जानकारी दिए ।
प्याब्सन झापा र दमक नगर समितिले आयोजना गरेको कार्यक्रम प्याब्सन दमक नगर समिति अध्यक्ष जर्नादन मैनालीको अध्यक्षतामा सम्पन्न भएको हो ।