दमकमा ३ महिने केश श्रृगार तालिम शुभारम्भ

दमक भदौं २३/ स्थानीय महिलाहरुलाई रोजगारको अवसरमा दमक उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी ३ महिने केश श्रृगार तालिमको शुभारम्भ गरेको छ ।

विहिबार वाणिज्य संघले व्यवसायीक तथा सीप विकास तालिम केन्द्र भद्रपुरको आर्थिक सहयोगमा वेरोजगार महिलाहरुलाई सीप सिकाएर दक्ष बनाउने केश श्रृगार सम्वन्धिको तालिमको उद्घाटन तालिम केन्द्रका कार्यालय प्रमुख कृष्णा श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न गरिएको हो ।

दमक क्षेत्रका १८ जना महिलाहरुको सहभागीता रहने र सीप सिकाउने, उद्यमशीलता लगायतका सीपमुलक तालिम गर्दै आएको बताए ।

तालिममा सहभागी दिदी वहिनीहरुले सक्रिय रुपमा तालिम लिएर दक्ष बनी भविष्यमा व्यवसायिक रुपमा आयआर्जन गरी परिवारको आय स्तर बढाउन सक्ने प्रमुख श्रेष्ठले आशा ब्यक्त गरे । ३ सय ९० घण्टा अर्थात ३महिना तालिम लिने क्रममा आइपर्ने विशेष परिस्थिति वाहेकका अरु समस्यालाई पर पन्साएर दक्षता हासिल गर्न उहाँले सुझाव दिनु भयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले सहभागीहरुले उत्साहका साथ सीप सिकेर तालिमलाई परिणम मुखी बनाए मात्र सरकारको लगानीको सदुपयोग हुने बताउदै सीप सिकाइमा ध्यान दिने आग्रह गर्नु भयो ।

सीप बिकास केन्द्रकै प्रशासकीय अधिृकत रमेश कोइरालाले यो पहिलो तहको तालिममा राम्रोसंग सीप सिक्न सक्नु भएमा भविष्यमा हुने सीटीइभीटीवाट हुने सीप परीक्षणको अवसर पनि पाउन सक्ने बताउनु भयो । तालिम लिएर छोडने भन्दा पनि यसलाई ब्यवहारमा उतार्न वाणिज्य संघका कार्यसमिति सदस्य चन्द्र खत्रीले अनुरोध गर्नु भयो ।

तीन महिने तालिममा हेयर कटीङ ,हेयर वयल मसाज ,कपाल धुने ,सुकाउने , थेडिङ , मेहेन्दी आर्ट, रौ उख्ने,हात खुटा र अनुहार सफा लगायतका विषय सिकाइने प्रशिक्षक तथा हङकङ ब्युटी पार्लर दमकको सञ्चालक कमला राईले जानकारी दिनु भयो

सम्बन्धित खवर