कियाचु झापा संस्थापक अध्यक्ष (मुन्ना)लाई सम्मान

वाह्रदर्शी, २१ भदौ /  कियाचु झापा जिल्ला संस्थापक अध्यक्ष टेकबहादुर योङहाङ (मुन्ना)लाई सम्मान गर्ने कार्यक्रम आज सम्पन्न भएको छ ।

मंगलबार झापा बाह्रदशी गाउँपालिका चकचकीमा कियाचु झापा शाखा संस्थापक जिल्ला अध्यक्ष टेकबहादुर योङहाङ (मुन्ना)लाई वहाँको नीजि निवास पुगेर सम्मान–पत्र हस्तान्तरण गरिएको हो ।

उहाँलाई गत भदौ १७ गते विर्तामोडमा सम्पन्न किरात याक्थुङ चुम्लुङको ३४औ स्थापना दिवस समारोहमा अस्वस्थ्यको कारण उपस्थित हुन नसके पछि घरै पुगेर सम्मान गरेको अध्यक्ष फियाकले वताए ।

कियाचु झापा जिल्ला संस्थापक अध्यक्ष टेकबहादुर योङहाङ (मुन्ना)ले वि.स.ं २०४६ सालदेखि वि.ंसं. २०६३/०९/२६ सम्म कियाचु झापा शाखाको अध्यक्ष भई सञ्चालन गर्नु भएको थियो । वहाँ अहिले ८५ वर्षको उमेरमा जीवन व्यतित गर्दै हुनुहुन्छ ।

वहाँका लिम्बू भाषाको मत्चिबुङ् नामक कथा संग्रह प्रकाशित छ भने लिम्बू भाषा कविता संग्रह प्रकाशन गर्ने तयारीमा रहेको पनि वताए ।

सम्मान–पत्र हस्तान्तरण गर्न कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक र जिल्ला सचिव प्रेमचन्द्र लिम्बू चकचकीमा पुगेका थिए ।