नेपाल मगर संघ दमकको सातौ नगर अधिवेशन सम्पन्न, अध्यक्षमा वेद निर्वाचित

दमक ,१८  भदौं / नेपाल मगर संघ दमकको सातौ नगर अधिवेशन सम्पन्न भएको छ ।

शनिवार झापाको दमक ६ स्थित मेची सहकारी सस्थाको सभाहलमा नेपाल मगर संघका केन्द्रीय सदस्य हरि थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न सातौ नगर अधिवेशनले वेद थापा मगरको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको छ ।
नगर समितिको उपाध्यक्षमा लाल बहादुर वर्जा मगर, सचिवमा नर बहादुर पिठाकोटे मगर ,सहसचिवमा सुरेश आले मगर र कोषाध्यक्षमा टिकाराम पिठाकोटे मगर निर्वाचित भएका छन् । सदस्यहरुमा क्रमशः केसर सिजाली मगर,सकुनी राना मगर,अर्जुन राना मगर, बीर माया मगर, नरेन्द्र कुमार सिजाली मगर, सन्देश शिका आले मगर, सुनिल थापा मगर, देविका थापा मगर, नरकुमार राना मगर, खेम बहादुर लुङगेली मगर, फुलसरी राना मगर, साविता थापा मगर, जानुका रजन मगर, कुमारी मगर, धनमाया मगर, दल बहादुर सारु मगर र अनिल सारु मगर सर्व सम्मवत रुपमा निर्वाचित भएका छन् ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्टिय मञ्चका पोलिटयूरो सदस्य बिष्णु माया भटराई थापा मगर,नेकपा माओवादी केन्द्र निकट वाइसियलका केन्द्रीय सचिव कर्म पुलामी मगर लगायतले बोलेका थिए ।

कार्यक्रमको बन्द सत्रमा दमक नगर समितिका निर्वतमान सचिव लाल बहादुर बुर्जा मगरले प्रस्तुत गरेको प्रतिवेदन माथी छलफल पछि पारित गरिएको मगर संघको नगर सदस्य धन माया थापा मगरले बताए ।

कार्यक्रम नेपाल मगर संघ दमक अध्यक्ष वेद थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मगर जातीको मौलिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।