कियाचु लिसाप पान्थरको चौंथो अधिबेशन आयोजक समिति गठन

  • पोक्लाबाङ न्यूज

पाँचथर १८ भदौ /  किरात याक्थुङ चुम्लुङको विषयगत संस्था लिम्बु साँस्कृतिक परिषद पान्थरको चौंथो अधिबेशन आयोजक समिति गठन भएको छ ।

शनिबार पाँचथर फेदे स्थित होटल सिङ्गापुरको सभाहलमा किरात याक्थुङ चुम्लुङ राष्ट्रिय सदस्य तथा लिम्बु साँस्कृतिक परिषदका केन्द्रीय उपाध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले लिम्बु साँस्कृतिक परिषद पान्थर जिल्ला अध्यक्ष डिआर हाङ्सरुम्बाको संयोजकत्वमा १५ सदस्यीय अधिबेशन आयोजक समिति गठन भएको छ । सह-संयोजकमा सुबास केरुङ ‘नुनाम’ र सदस्य सचिवमा निसाम तुम्बापोलाइ चयन गरिएको छ । सदस्यहरुमा राहुल जबेगु, सम्झना योङ्हाङ, लिला प्रकाश जबेगु, अजित योङ्या, सुरेन्द्र केरुङ, शंकर आत्मा, रश्मि माबो आङ्देम्बे, इक्सा लोवा, अमृता जबेगु, बिबेक हाङ्सरुम्बा, दिनेश केरुङ, सौगात आङ्देम्बे, काजिमान माबो र कर्मचन्द्र नेम्बाङलाई सदस्यमा चयन गरिएको छ ।

भेलामा किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिका मुख्य सचिव नरेन्द्र केरुङ, कियाचु जिल्ला अध्यक्ष महेन्द्र आङ्देम्बे, वरिष्ठ उपाध्यक्ष सुरेन शिशिर केरुङ, सहसचिव गणेश तुम्रोक, फेदेन नगर अध्यक्ष देउकुमार नेम्बाङ लगायतको उपस्तिथि रहेको थियो ।